भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ९२ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ६६ हजार ६ सय ८३ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २१ रहेको छ ।
त्यसैगरी हालसम्म १ लाख ४१ हजार १ सय ८५ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ५० लाख २४ हजार ७ सय ३७ पुगेको छ