एनआरएनए अस्ट्रेलिया युवा फोरम र एनआरएनए अस्ट्रेलियाद्वारा विधार्थी सल्लाहाकार परिषद गठन गरेको छ।एनआरएनए अस्ट्रेलियाले आवहान गरेको एक्सप्रेसन अफ ईन्ट्रेस्टको आधारमा सो परिषदको टुङ्गो लागेको हो।
गएको १९ डिसेम्बरमा बसेको एनआरएनए अस्ट्रेलिया र एनआरएनए अस्ट्रेलिया युथ फोरमको संयुक्त बैठकबाट विद्यार्थी सल्लाहकार परिषदको रास्ट्रिय संयोजकमा सक्षम सुवेदीलाई मनोनित गरेको छ भने परिषदको रास्ट्रिय उपसंयोजकमा भविश श्रेष्ठ, रास्ट्रिय सचीवमा शिद श्रेष्ठ, रास्ट्रिय कोषाध्यक्षमा प्रजेशजंग थापा, महिला अधिकारीमा डोमा तामाङ, शिक्षा अधिकारीमा निम बहादुर केसी, स्नातक अधिकारीमा प्रतीक्षा न्यौपाने, स्नातकोत्तर अधिकारीमा सन्देश पन्त, भेट/ टेफ अधिकारीमा उज्व्वल अधिकारी, जनसम्पर्क अधिकारीमा नारायण गौतम मनोनीत भएका छन्।सदस्यहरुमा अमीशा सिलवाल, मनीषा थपलिया, मनिष राज शाह, लोचना कटुवाल, बालकृष्ण पराजुली, देवेन्द्र प्रसाद यादव, राजु फुयाँल, राजेश पाण्डे, टार्जन बुढाथोकी मनोनित भएका छन्।
त्यस्तै विधार्थी सल्लाहाकार परिषद भिक्टोरीया राज्य संयोजकमा सकुन्तला केसी, न्युसाउथवेल्स संयोजकमा शौरभ रोनियार, नर्दन टेरिटोरू संयोजकमा अनुपम ढुङ्गाना, टास्मानिया संयोजकमा बिरेन्द्र घर्ती, अस्ट्रेलियन क्यापिटल टेरीटोरी संयोजकमा विनोद भण्डारी, साउथ अस्ट्रेलिया संयोजकमा ओम बम मल्ल, क्विन्सलैण्ड संयोजकमा गणेश तिवारी, वेस्टर्न अस्ट्रेलिया संयोजकमा प्रतीक प्रेम ठकुरी र सचीवमा पुजन खनाल मनोनित भएका छन्।
सबै राज्यबाट सय जना भन्दा बढिले एक्सप्रेसन अफ इन्ट्रेस्ट देखाएको र उनीहरूको उत्कृष्टताको आधारमा कमिटी छनोट गरीएको एनआरएनए युथ कोअडनेर ववीन मिश्रले जानकारी गराउनु भयो।उहाँले भन्नु भयो बिधार्थी सल्लाहाकार परिषद बिधार्थीहरुको लागि महत्वकांक्षी बोकेको परिषद हो जहाँ बिधार्थीहरुले आफ्नो हकहित को लागि आवाज उठाउन पाउनेछन्।हामीले धेरै विश्वविधालय र कलेजमा अध्य्यन गर्ने बिधार्थीहरुको समस्या देखेका छौ र स्वयम् आफैले कुनै समयमा भोगेका थियौं। कतिपय बिधार्थीहरु सहि जानकारी र उचित मार्गदर्शनको कमीको कारण मार्कामा परेका हुन्छन्।यस्तो परिस्थितीमा यो परिषदले मुख्य भुमिका खेल्ने छ। यसले समस्याको हल मात्रै नभएर बिधार्थीहरुको व्यक्तिगत विकास, नेटवर्किङ, बहुसाँस्कृतिक सम्बन्ध, अन्तर्राष्ट्रिय फोरममा विद्यार्थी अधिकारको प्रतिनिधित्व गर्नमा समेत थप मद्दत गर्ने बताउनु भयो।
केही दिन अगाडी मात्र एनआरएनए राष्ट्रिय युवा मञ्च सल्लाहकार समितिको टुङ्गो लागेको थियो। सल्लाहाकार समितिमा इरसाद अहमद, धर्म अधिकारी, प्रकाश पाण्डे, तारा गैरे, शोभीत प्रधान, खुशुबु न्यौपाने, रामचन्द्र पौडेल, थिर गुरुङ, अतुल घिमीरे, पुस्कर भट्ट र अनील श्रेष्ठ चयन भएका थिए।