eNepal

छोरा तँलाई जुवाडे बनाउन पो मैले लाखौ लगानी गरेर अस्ट्रेलीया पठाए छु है

घरको कान्छो छोरो अलि बढि पुल्पुलेको।पुल्पुलीनु पनि स्वभाबिकैनै हो आखिरी कान्छो न पर्यो।अभाव हुँदा पनि बा आमाले कहिलै अभाबको महसुस हुन दिएनन्।भनेको जे पनि पुर्याई दिने।एसएलसी सक्दा नसक्दा मोटरसाईकल थमाई दिए।भनिन्छ नि छोरा छोरीलाई केही भए पनि अभाबको महसुस हुन दिनु पर्छ अनि बल्ल जिन्दगीलाई राम्रोसँग बुझ्छन् रे।यो कुरा हदसम्म जाएज पनि हो जस्तो लाग्छ। धेरै पुल्पुलेका छोरा छोरी अलिक बडिनै मात्तिन्छन् पनि।

तर आफ्ना छोरा छोरी प्यारानै हुन्छन्।भरिसक् आफुले एकछाक घटाएर भए पनि उनीहरुको रहर, ईच्छा र आकाङ्क्षालाई नमार्न पाएँ हुन्थ्यो भन्नेमा अभिभावकले रातदिन नभनी दुःख र मेहीनेत गर्छन्।पढाईमा ठिक ठिकै कान्छो छोरोलाई प्लस टुको लागि एउटा अव्वल कलेजमा भर्ना गरी दिन्छन्।साँच्चै भन्नु पक्दा प्लस टु सक्दा कान्छो छोरो पुरै बिन्दासको भई सकेको हुन्छ।घर कहिले काँही मात्र आउने, बा आमाको फोन त्यति धेरै नउठाउने।पैसा चाहिए मात्र फोन गर्ने।

छोरालाई सम्झाउने धेरै कोसीश गरे तर बच्चै बेला देखि पुल्पुलिएको छोरोले बा आमालाई केनै टेर्थ्यो।आजित भएर बार्ह पास हुने बित्तीकै बरु सुध्रिन्छ की भन्दै पासपोर्ट थमाई दिए।बा आमाले सोच्नु भन्दा अगाडीनै साथीहरुसँग मिलेर आईएलटिएसको तयारी गर्न सुरु गरिसकेछ।कमसेकम बिदेश गएर सुध्रिन्छ छोरो भन्ने धेरै ठुलो आशमा छोरोलाई बिदेश पठाउँछन् उच्च शिक्षा अध्ययनको लागि।

नयाँ ठाउँ नयाँ परिवेश।झन् अव त न अभिभावकको डर न कसैको।पुर्ण रुपमा स्वतन्त्र एउटा खुल्ला पन्छीझै।घरबाट ल्याएको पैसाले आफ्नो ईच्छा अनुसारको सपिङ् गर्यो।भनेको जस्तो रमाईलो गर्ने पैसा थियो।केही महिना अगाडी मात्र उसको साथी आएको भएर उसलाई कोठा देखी सबैको बन्दोबस्त भएको थियो।

नेपालको पैसाले कति दिन पो पुग्थ्यो।बा आमालाई छोरो सुधार्न थियो।पैसा पठाउन कम गर्दै गए।फोन गरेर छोरोलाई काम खोज्नु अनि आफ्नो खर्छ आफै पुर्याउनु भन्थे।सिन्को नभाँचोको छोरोले काम के पो गर्थ्यो।तर चिनेजानेको एउटा भाईलाई भन्सुन गरेर एकठाउँमा किचन ह्यान्डको काम लगाई दिए।सुरु सुरमा त धेरै गार्हो भयो।धन्न सेफ दाईनै चिनेको परेर टिक्यो कान्छो।बिस्तारै सिफ्टहरुपनि दिदै जान थाले।जब मान्छेलाई पर्छ अनि बल्ल थाहा पाउँछ।खल्तीमा पैसा भईन्जेल कसैलाई बाल नदिने कान्छो बिस्तारै पैसा कमाउन थाल्यो।घरबाट फोन आयो भने त्यति उठाउँदैन थियो।खबर बुझ्नलाई उनै सेफ दाईलाई फोन गरेर सोध्थे।जे होस् काम ठिकै गर्छ,पैसापनि अलि अलि कमाई रहेको छ।चिन्ता लिनु पर्दैन भने पछि बा आमापनि ढुक्क हुन्थे।जे जस्तो भएपनि आफ्नो सन्तानको मायाँ कसलाईपो लाग्दैन होला र।बाहिर जति रिस देखाएपनि खबर भने उनै सेफदाईबाट बेला बेला बुझ्दै गर्थे।

यसरि दिनहरु बित्दै गए।बा आमाले फोन गर्दानी नि फोन उठाउँदैन थियो।सेफ दाईलाई फोन गर्दा पनि यो हप्ताखै काममा पनि आएको छैन जवाफ पाए।त्यस पछि बाआमा झन् आत्तीन थाले।उसको साथीलाई फोन गरेर बुझ्दा राती कोठामा चाँही आउँछ भने थाहा पाए।केही सान्तावना मिल्यो बिचरा बा आमालाई।

सेफ दाईको छुट्टी थियो।घरमा अल्छी लागेर घुम्न निस्के।सिटीमा क्यासिनो खेलाउने ठाउँ एउटै मात्र थियो।दाई कहिले काँही घुम्न सिटी जाँदा यसो निस्कन्थे क्यासिनो।त्यो दिन पनि दाईलाई के झ्वाँक चल्यो कुन्नी जाउँ न त एकछिन क्यासिनो तिर भनेर छिरे।भरे छिरेर घुम्दै गर्दैा कान्छोलाई पोकर तास खेली रहेको देखे।भाई के हो पारा मात्र के भनेका थिए।हतार हतार त्यहाँबाट हिडे।घरमा बा आमा आत्ती सकेका थिए।त्यस पछि बा आमा लाई फोन गरेर छोरोलाई भेटेको सबै कुरा नालीबेली सुनाए।

अनि सेफ दाईलाई भनसुन गराएर उसैको सँरक्षणमा राख्न सक्दो कोशीस गरे।के थाहा भोली केही नराम्रो पो गर्ने होकी भन्दै त्राही त्राही हुँदै उही दाईको घरमा बस्ने बन्दोबस्त मिलाई दिए।दाई अलिक कडा खालका थिए।काममा पनि सँगै लिएर जाने अनि ल्याउने गर्न थाले।तर कलेज जाने दिन बानी परेको कान्छो किन नजाओस् र क्यासीनो।कलेजमा बुझ्दा कलेजपनि नगएर धेरै चोटी वार्नीङ चिट्ठी आएको रहेछ।अन्त्यमा आजीत भएर छोरोलाई नेपाल पठाउन आग्रह गरेर नेपाल झिकाए।त्यत्रो लाखौको लगानी अन्त्यमा पानीमा डुव्यो।न छोरोले पढाईनै सक्यो न छोरो सुध्रीएर ज्ञानीनै भयो।आज बिहे गर्दा पो सुध्रीन्छ कि भन्दै केटी खोज्दा उसको आचरण हेरेर न कोही केटी बुहारी बन्ननै रुचाउँछन्।

आज बाआमा पछुताई रहेछन् उ बेला पुल्पुलाएर भनेको सबै थोक पुर्याउदा आझ आफ्नै छोरोको त्यो हभिगत देखेर सबैलाई भन्छन् जे जस्तो भए पनि दुखको अनुभुती चाँही सन्तानलाई दिलाउनु पर्दो रहेछ नत्र टाउकामा टेकाउँदा हाम्रो जस्तै हभिगत हुन्छ है भन्दै आएका जतिलाई भन्दै हिड्छन्।छोरो न सुध्रीयो न घरजम गरेर बस्यो।जस्ताको त्यस्तै।

नोट: कथा बास्तबिकनै हो कोहीको बास्तबीक कथासँग मेल खान गएमा कमसेकम सुध्रीने कोसीश गर्नु होला।अनाहकमा बा आमालाई चिन्तामा नपार्न अनुरोध गर्दछु।
लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349