eNepal

एनबीएले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिदै तास्मानियामा साइकिलिङ कार्यक्रमको आयोजना गर्ने

नेप्लीज बिजनेस एसोसिएसन अफ तास्मानिया (एनबीए)ले ‘साइकिलिङ’ तथा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । एनबीएले क्रिसमसको अपसर पारेर यही डिसेम्बर २५ तारिखका दिन उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

संसार नै कोरोना भाइरसका कारण आक्रान्त बनिरहेका बेला तास्मानियामा रहेका नेपाली मुलका व्यवसायीहरु पनि त्यसबाट अछुतो रहन सकेनन् । यो वर्ष व्यवसाय तथा उद्धम गर्न नेपालीहरुलाई अति नै चुनौती रहेको अवस्थामा एनबीएले नयाँ वर्षको शुभकामना तथा ‘मेन्टल हेल्थ’लाई पनि सहयोग हुने तरिकाले साइकल र्याली गर्न लागेको हो । कार्यक्रमले यहाँका स्थानीय व्यवसायीहरुबीच सहकार्य तथा समून्वय हुने विश्वास संस्थाले लिएको छ ।

अहिलेको समयमा मुख्यतया व्यवसायमा आधारभुत तरिकाले लागिरहेका नेपालीहरु तथा सम्पूर्ण समूदायमा ‘मेन्टल हेल्थ’को निकै ठुलो भूमिका रहेको अवस्थमा कार्यक्रमले उक्त समस्यालाई सहयोग गर्ने आशा गरिएको छ ।

कार्यक्रममा सहभागीहरुले एक घण्टा साइकिलिङ गर्नेछन् । साइकिलिङको रुट Montrose Foreshore Park-Amart furniture overhead Bridge -Intercity cycle track-Driscoll street Reserve रहेको छ । साथै Montrose foreshore park मा बार्बिक्यू तथा जलपान कार्यक्रमको पनि रहेको संयोजक अरुण आचार्यले जनाएका छन् । यस कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक महानुभावहरुले इओआई फर्म भर्नाका लागि संयोजक अरुण आचार्यले अनुरोध गरेका छन् ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349