सायद म अन्धोनै हुन्थे होला मार्क जुकरबर्गले फेशबुक यानिकी अनुहार किताब नबनाई दिएको भए। म त समाजको गतिबीधिबाट अनबिज्ञ र लाटो तुल्यनै हुन्थे होला।सायद बिश्व भर रहेका मानिसहरुको मनोभाव जकर्बर्गले बुझे र त यस्तो गतिलो शश्त्र हामीलाई दिए।आज म घरको चार कुना भित्र बसेर सन्सारलाई सजिलै नियाल्न सक्छु।
आज सायद फेसबुक नबनेको हो त मान्छे मान्छेहरु बिच कुटाकुट मारामार हुन्थ्यो होला।आनन्दले मनमा लागेको गाली घुमाएर वा सिधै हाल्न पाईएको छ।कसैको घरमा झ्याउ पकाएको छ कि च्याउ पकाएको छ सजिलै थाहा हुन्छ।को कुन पाटीको समर्थक, को समाजसेवी,को नेता अनी अभिनेता र महानेता उसको प्रोफाईल फोटोबाटनै थाहा हुन्छ।
पहिला पहिला प्रतक्क्ष प्रशारण हामी टिभीमा त्यो पनि राजाले बोलको अनि बजेट भाषण भने पछि आमाबाबुले कान ठाडो बनाएको याद थियो।मलाई फुटबलको वल्डकप प्रतक्क्ष प्रशारण हेरेको हेक्का छ।चट्ट मासु अनि चिप्स राखेर हर्न बसिन्थ्यो।आजकाल त जे पनि लाईभ राख्न पाईएको छ। फलानोको घरमा दारु पाटी छ फेशबुकले भन्दिन्छ।चिलानाको घरमा बार्बेक्यु रहेछ त्यो पनि भन्दिन्छ।साथीहरु आज क्लब गएछन् त्यो पनि थाहा हुन्छ।आफु गईएको हुँदैन तर फलानो ईज विथ भनेर ट्याङ्ग घण्टी कराउँछ मोबाईलमा।
स्टायटस हेर्यो झन रमाईलो।कोहीले गीत हालेका हुन्छन् फिलीङ नोस्टाल्जीक भन्दै।कोहीले गुगलमा खोजेर आफैले श्रृजना गरेको जसरी हाल्दिन्छन् कहाँबाट लिएको क्रेडीट नदिई कन।भोक लागेर रन्थनिएर रेस्टुरेन्ट खान गयो।खाना आउँछ तर खाईदैन पहिला फोटो फेशबुकमा हालिन्छ फिलीङ हङ्गरी विथ फलानो अनि बल्ल खाईन्छ।
अस्ति एकजनाले फेसबुकमा स्ट्याटस राखे छन् फिलीङ स्लिपी हुईथ माई हव्बी एन्ड टेन अदर्स पिपल भनेर, बिचारालाई ट्याग गर्ने बानी भएको लास्टाँ यस्तो पोस्ट हालेर साथीलाई ट्याग गरिछीन्।एकछिनमै साथीलाई कमेन्टको बरसात आएर आच्छु आच्छु पारेछन्।
हाम्रो पालो सम्म एमएसन म्यासेन्जर र याहुमा च्याट हुन्थ्यो।त्यो पनि समय मिलाएर साईबर गएर एकघण्टाको पन्द्र रुपयाँ तिरेर।
आजकाल हात हातमा स्मार्ट फोन त्यसमा पनि ईन्टरनेट।च्याट र लाईभ भिडीयो त केही पनि होईन।उ बेला बिदेश गएका बुढाको फोन आउँछ भने पछि दिननै मायाँ मारेर बजार आएर फोन कूर्नको मज्जा के थाहा आजकालका केटा केटीलाई जो बोलेको दुई दिनमै लभमा पर्छन, तेस्रो दिन भोईस् च्याट, पाँचो दिन भिडीयो च्याट अनि त्यस पछि के के हो के के।बुझ्नु भयो होला यो भन्दा बढि नभनौ।अनि महिना दिनमा लवको अन्त्य। कति सजिलै लब पर्छ अनि सजिलै मायाँको अन्त्य।कुनै दुखमननै छैन।फलानोसँग क्रस भन्न पाउँदा गोरभ्वान्वित हुन्छन् आजकालका योङ जेनेरेसनहरु।
आजको जमानामा पपुलर बन्न सबैलाई मन पर्छ।अनि पपुलारीटि कमाउने बहानामा जे पनि गर्न तयार हुन्छन्।पच्ने सम्म र आँखाले हेर्न लायक सम्म त ठिकै हुन्छ तर केही त सार्है अपच्य कुराहरु पनि देखिन्छन्।कसैले नारायण गोपाल जस्तो भएर गीत गाउँछ।न स्वर छ न गला।सबैले बिल्ला गर्छन्।वहा वान्समोर।क्या बबाल स्वर यार।तर बिल्ला गरेको बुझ्दैनन् झन अर्को गाउँछन्।लाईकको बर्सात आउँछ अनि मन मनै सोच्छ वहा म त सेलीब्रेटी भएछु।मेरा फ्यान कति कति।
अस्ति मलाई एउटा भाईले भन्दै थियो दाई कुरा गरेको दुईदिन भएको छैन।जबकी दुई जना बिच राम्रोसँग चिनजान भएको छैन।एकले अर्कोलाई बुझेको छैन।धेरै पुरानो लभ परेर मायाँ बसे जस्तो गरेर सबै भन्छन्।पहिलाको अफिएर। यस्तो र उस्तो।सारा नालीबेली ओकल्छन्।जे भन्यो त्यहि गर्छन्।फोटो पठाउन कुनै सङ्कोच नै मान्दैनन्।कस्तो अचम्म।
आखिरी किन यस्तो उचृङ्खल र छाडापन भएको हो आजको हाम्रो समाज।फेरी भन्नेले प्वाक्क भन्छन् गाली गर्छन्।तलाई चाँही किन टाउको दुख्यो यो आधुनीक युगमा।भलै पाश्चतय सँस्कृतीको प्रभाव होला तर यो पनि सोच्न पर्यो नि तपाईले जोसँग त्यस्तो अश्लिल भिडीयो च्याट गर्नु भयो।के त्यो तपाईले बिस्वाश गर्न लाएकको छ।कतिदिन भयो तपाईहरु बिच कुरा भएको।एकछिनको जोशमा होस गुमाउँदा जिन्दगी भरि पछुताउनु नपरोस्।यस्तै सानो गल्तीले कसैको हत्या अनि आत्महत्याको समाचार सुन्दै आएका हामी स्वयम् आफै समाचारका शिर्षक नबनौ।
रमाईलो कुरा स्येर गर्दा खासै फरक पर्दैन।मित्र त खुसी हुन्छन् नै शत्रु भए पनि केही बेर जल्छन् तर आफ्नो दुःख कहिलै फेशबुकमा श्येर नगरेको नै राम्रो हुन्छ।काखी बजाउनेहरुलाई झन् हाँस्ने बाटो किन बनाउने।सक्नु हुन्छ खुसीका पलहरु सबैसँग बाड्नुहोस्। फेशबुक एउटा गतीलो माध्यम हो जहाँबाट तपाईलाई सँसार भरि हेरी रहेका हुन्छन् अन्यथा यसबाट टाढै रहनु होस् फोकट्यामा शत्रुलाई किन हँसाउने।न त कोही कठैबरा भनेर सहानुभतीनै दिन आउँछन्।कि कसो!!