eNepal

नेपाली मूलका ७ जना भिक्टोरियन बहुसांस्कृतिक आयोग क्षेत्रीय सल्लाहकार परिषद सदस्यमा नियुक्त

सन् २०२१-२०२३ का लागि भिक्टोरियन बहुसांस्कृतिक आयोग क्षेत्रीय सल्लाहकार परिषद सदस्यमा नेपाली समुदायबाट सात जना नियुक्त भएका छन्। प्राप्त जानकारी अनुसार नियक्त हुने नेपालीहरुमा उत्तरपश्चिम महानगरपालिकाबाट न्याभका पूर्व अध्यक्ष तारा गैरे, अस्ट्रेलियन नेप्लिज बहुसाँस्कृतिक समितीकी वर्तमान उपाध्यक्ष एवम् पत्रकार निरु त्रिपाठी र समाजसोवी एवम् Nepalese Neighbourhood Community Incorporated को बर्तमान अध्यक्ष अमृता गुरुङ नियुक्त हुनभएको छ। त्यस्तै पूर्व क्षेत्रबाट न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारी नियुक्त हुनु भएको छ। दक्षिणी क्षेत्रबाट न्याभका बर्तमान कोषाध्यक्ष डा. एकिन्द्र तिमिल्सेना नियुक्त हुनु भएको छ भने बर्वन दक्षिणपश्चिम क्षेत्रबाट उसबी तौजाले र ज्ञानेन्द्र उप्रेती नियुक्त हुनु भएको छ।

भिक्टोरियाभरी ८ वटा क्षेत्रीय सल्लाहकार परिषद्हरु छन् जसमा सदस्य हुनको लागि इच्छुक व्यक्तिहरुबाट आबेदन माग गरिन्छ।  सो को लागि बहुसांस्कृतिक समुदायलाई असर गर्ने स्थानीय मुद्दाहरूको ज्ञान भएको, विभिन्न समुदायहरूलाइ जोड्न सक्ने र आफ्नो स्थानीय समुदाय सुधार गर्न प्रतिबद्धता भएका व्यक्ति हुनु पर्दछ।  

भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतका क्षेत्रीय सल्लाहकार परिषदहरूले भिक्टोरिया राज्यभर आयोगले कुन मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ भनी पत्ता लगाउन मद्दत गर्दछन।  यी सल्लाहकार परिषद्हरुका सदस्यहरू भिक्टोरियन बहुसांस्कृतिक आयोगका आँखा र कान हुन्, जसले बहुसांस्कृतिक समुदायका लागि महत्त्वपूर्ण मुद्दाहरूको बारेमा आयुक्तहरूलाई सूचना प्रदान गर्दछन।

क्षेत्रीय सल्लाहकार परिषदहरूले  राज्यभरिका मुद्दाहरूमा ध्यान केन्द्रित भिक्टोरियनहरूसम्म पुग्न मद्दत गर्छ। 

२०१९-२०२१ को लागि पनि VMC RAC मेम्बर भएर कोविड्-१९ को समयमा VMC, DHHS र भीक्टोरिया राज्य सरकार सँग नेपाली समुदायको समन्वय गर्नु भएका न्याभका पूर्व अध्यक्ष तारा गैरे भन्न्नुहुन्छ: “भिक्टोरियामा नेपालीहरुको संख्या उल्लेख्य बढे संगै हाम्रा समुदायका सदस्यहरु पनि बिभिन्न भूमिकामा नेपाली समुदायको प्रतिनिधित्व गरेर बिगत केही बर्ष देखी VMC RAC मा जोडीनुभएको छ । “यो अत्यन्तै गौरबको कुरा हो र भिक्टोरियाको बहुसाँस्कृतीक समुदायमा हाम्रो उपस्थिती अझै बढाउन हाम्रो भूमिका अझै महत्वपूर्ण हुनेछ  विश्वाश लिएका छौ ।

एकेडेमिक प्रबन्धकको रूपमा काम गर्दै आउनु भएका तारा गैरे सन् २००८ मा अस्ट्रेलिया आएदेखीनै सामुदायिक गतिविधिहरूमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ। हिमालयन क्लबका सह-संस्थापक र जनसम्पर्क अधिकारीका रुप संलग्न गैरे २०१४/२०१६ को न्याभका कार्यकारी सदस्य २०१६/२०१८ मा उपाध्यक्ष र २०१८/२०२० का अध्यक्ष रहनु भएको थियो। सन् २०१६/२०१८ मा क्रिकेट अष्ट्रेलिया सामुदायिक राजदूत, न्याभ र गैरआवासीय नेपाली संघका सल्लाहकार, नेपाली कोभिड-१९ कार्यदलका सदस्य, सन् २०१९/२०२१ र सन् २०२१/२०२२ को लागि उत्तरपश्चिम क्षेत्र VMC क्षेत्रीय सल्लाहकार परिषद सदस्यका साथै AFL बहुसांस्कृतिक सामुदायिक राजदूत २०२१ का रुपमा संलग्न हुनुहुन्छ।

डा. एकिन्द्र तिमिल्सेना पेशाले खाद्य बैज्ञानिक हुनुहुन्छ।  हाल उहाँ अस्ट्रेलियाको संघीय सरकार अन्तर्गतको वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठनमा कार्यरत हुनुहुन्छ। आफ्नो पेशागत कार्यको अलावा उहाँ विभिन्न सामाजिक र सामुदायिक संस्थाहरुसंग आवद्द हुनुहुन्छ।  कम्युनिटी लिडरसिप नेपाल फाउन्डेसनको निर्देशक, नेप्लिज असोसिएशन अफ भिक्टोरियाको कोषाध्यक्ष, सुदूरपश्चिम समाज भिक्टोरियाको सचिव, र सुदूरपश्चिम समाज अन्तर्राष्ट्रिय समन्वय समितिको एसिया प्यासिफिक संयोजक हुनुहुन्छ।  त्यसैगरी अस्ट्रेलियामा कृषि, बन र वातावरण क्षेत्रमा कार्यरत पेशागत विज्ञहरुको संगठन (नेपालिज असोसिएशन अफ एग्रिकल्चर, फरेस्ट्री एण्ड इन्भाईरोमेन्ट इन अस्ट्रेलिया) को कार्यसमिति सदस्य हुनुहुन्छ भने अस्ट्रेलियाका खाद्य प्राबिधिक र बैज्ञानिकहरुको संगठन (अस्ट्रेलियन इन्स्टिच्युट अफ फूड साइन्स एण्ड टेक्नोलोजी) को वैज्ञानिक र प्राविधिक सल्लाहकार समितिको सदस्यको रुपमा पनि सेवा गरिरहनु भएको छ।

सोसियल वर्क्समा मास्टर्स र अन्तराष्ट्रिय बिकासमा ग्राजुएट डिप्लोमा गरेका ज्ञानेन्द्र उप्रेतीले युनाइटेड अरब एमिरेटसमा जिइसिओमा बिजिनेस डेभलपमेण्ट मैनेजर, कम्युनिटी इन्फरमेशन एण्ड सपोर्ट भिक्टोरियामा प्रोजेक्ट अफिसर,दि साल्भेसन आर्मी भिक्टोरिया एन्ड सेण्ट जोन अफ गड हस्पिटलमा सोसियल वर्कर,अस्ट्रेलियाको भिक्टोरियाको रेडक्रसमा केस मैनेजरको अनुभब बटुल्नुका साथै जिलोङमा हुने बिभिन्न पाको फेस्टा,भिजिट नेपाल जस्ता गतिबिधिहरुमा पनि सकृय छन्।

डा. राजु अधिकारी जैविक चिकित्सा क्षेत्रका विश्वव्यापी रुपमै  एक प्रसिद्ध वैज्ञानिक हुन् । उनी CSIRO द्धारा बिकास गरिएका चार ElastEon™, NovoSorb™, Heart Valve र कृषिमूलक प्रबिधि (TranspiratiOnal) का सह-आविष्कारक हुन् । आविष्कारका क्षेत्रमा डा. अधिकारीका योगदानहरू बायोमेडिकल प्रबिधिमा नै अतुलनिय छ र यसले विश्व समुदायलाई नै फायदा पुर्‍याएको छ । डा. अधिकारीले १०० भन्दा बढी अनुसन्धान पत्रहरू प्रतिष्ठित पत्रिकामा प्रकाशित गरिसकेका छन भने उनले २८ आविष्कारमा स्वामित्व राख्छन  र धेरै पुस्तकका अंशहरु लेखिसकेका छन् ।

आफ्नो पेशागत उत्कृष्टताको अलावा डा. अधिकारी न्याभ, फेन्का, हेल्प नेपाल नेटवर्क अष्ट्रेलिया र दक्षिण एसियाली सामुदायिक लिंक समूहका संस्थापक अध्यक्ष समेत हुन ।  उनी भिक्टोरीयन मल्टिकल्चरल कमिसन र अस्ट्रेलियाको भिक्टोरिया राज्यको दक्षिण एशियाली मन्त्रिपरिषद समितिको सल्लाहकारका रुपमा समेत काम गरेका छन् । डा.अधिकारी Emotional Well Being Institute (EWBI), Geneva  का क्लस्टर निर्देशक र एक प्रमुख अनुसन्धानकर्ता पनि हुन् । उनको उल्लेखनिय सामुदायिक नेतृत्वको भूमिकाले अस्ट्रेलियामा राज्य र संघीय स्तरमा नै नेपाली समुदायको पहुँच पुर्याउन मद्धत पुगेको छ । सन् २००९  देखि एनआरएनए आईसीसीको स्किल नलेज र इनोभेसन समितिका संस्थापक अध्यक्ष छन् र उनले एनआरएनएको ज्ञान लगानी पहल नीतिलाई अघि बढाउँदै टोलीमा मुख्य भूमिका खेल्दै आएका छन्।

विगत ८ वर्षदेखि अस्ट्रेलीयामा बस्दै आउनु भएकी निरु त्रिपाठीले पत्रकारितामा मास्टर्स् गर्नु भएको छ। डायस्पोरामा बसेर पनि नेपाली पत्रकारिता र लेखनमा उहाँ सक्रियता अनि सपर्मण उत्तीकै मात्रामा छ। हाल पत्रकारितासँगसँगै काउन्सिलरका रुपमा कार्यरत निरु त्रिपाठी पछिल्लो समय गीतकारको रूपमा पनि परिचित हुनुहुन्छ।उहाँ बहुसांस्कृतिक समुदायका लागि सञ्चार अधिकारीको रूपमा मोरल्याण्ड शहर काउन्सिलमा समेत आबद्द हुनुहुन्छ भने हाल अस्ट्रेलियन नेप्लिज बहुसाँस्कृतीक केन्द्रको उपाध्यक्षको समेत रहनुभएको छ।

उसबी तौजाले बारवोन क्षेत्रका पहिलो नेपाली महिला हुन् जसलाई यो भूमिकामा छनोट गरिएको थियो। उनको बहुसांस्कृतिक मामिलामा बारवोन साउथको राज्य सांसद र कोरांगामाइटका संघीय सांसदसँग धेरै राम्रो सम्बन्ध छ। नर्सिङमा स्नातक गर्नु भएकी उसवी १३ बर्षदेखी हेरचाह क्षेत्रमा आबद्द हुनु हुन्छ। CENTER OF SUPPORT नामक सहायता केन्द्रको निर्देशक पनि हो जसले समुदायमा बस्ने विशेष आवश्यकता र मानसिक स्वास्थ्य अवस्था भएका १८-६४ वर्षका मानिसहरूलाई रिकभरी-केन्द्रित कार्यहरु गर्छ।

सन् २००८ मा अस्ट्रेलीया आउनु भएकी अमृता गुरुङले स्नातकोत्तर सम्मको अध्ययन पुरा गर्नु भएको छ।बिगत दश बर्षदेखी बाल हेरचाहको क्षेत्रमा कार्यरत गुरुङ सन् २०१७ देखी उत्तर पश्चिम क्षेत्रको क्षेत्रीय सल्लाहकार परिषदको रूपमा विभिन्न नेपाली संस्थाहरू र भिक्टोरियन बहुसांस्कृतिक आयोगसँग सक्रिय रूपमा संलग्न हुनुहुन्छ। सन् २०१४ देखी तमु समाज भिक्टोरीयासँग आबद्द अमृता गुरुङ २०१४ देखी २०१८ सम्म समाजको सचीवको रुपमा कार्यरत हुनुहुन्थ्यो। Nepalese Neighbourhood Community Incorporated को बर्तमान अध्यक्ष, दिदीबहिनी समाज भिक्टोरिया लालोर-इपिङ्ग एकाइ संयोजक तथा अस्ट्रेलियन नेपाली ज्येष्ठ नागरिक समाजका बोर्ड सदस्य हुनुहुन्छ। सन् २०१७ देखि २०१९ सम्म महिला विरुद्धको हिंसा रोकथाम परियोजना सञ्चालन गर्न ह्वाइट रिबनको साथ नेपाली दोभाषेको रूपमा कार्यरत हुनुहुन्थ्यो।सन् २०१७ देखि सक्रिय रूपमा VMC मा संलग्न रहँदै उत्तर पश्चिम क्षेत्रबाट RAC सदस्यको रूपमा उहाँको यो तेस्रो पटक संलग्नता हो।

https://www.multiculturalcommission.vic.gov.au/vmc-regional-advisory-councils

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal