नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई बनाउने नेपाल क्रिकेट संघ (क्यान)ले निर्णय गरेको छ । क्यानको आजको बैठकले कप्तानबाट मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई हटाउने निर्णय गरेको हो ।
क्यानले अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिको सिफारिसमा मल्ल ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कनट्रयाकमा सुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको पनि क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।