eNepal

क्रेगीबन नेपाली समाजको बार्षिक साधारण सभा सम्पन्न, अर्जुन उपाध्याय अध्यक्षमा चयन

क्रेगीबन नेपाली समाजको २०१८-२० टिमले आफ्नो कार्यकाल समाप्त गर्दै यहि  December  १२ तारिकमा आफ्नो चौथो अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनबाट अध्यक्षमा अर्जुन उपाध्याय, उपाध्यक्षमा शोभा पौडेल, सचीवमा अनुप गौतम, सहसचीवमा राज खानियाँ, कोषाध्यक्षमा सन्दीप ढकाल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा उमेश पाण्डे, भरत तिवारी, तिर्थ बस्नेत, रीता न्यौपाने, माधव भट्ट, सविना वाग्ले, मन गुरुङ, श्री खनाल, विजया बास्कोटा, माधुरी मास्के, रमा कण्डेल, पार्वती पहारी र मनिषा कोइराला चयन भएका छन्।

करिब १५० परिबार आधिकारिक सदस्य रहेको यस समाजको १८ -२० टिमले कोभिड -१९ का कारण केहि समय कार्यकाल लम्ब्याउन परेको थियो।  माधव पौडेलको नेतृत्वमा रहेको उक्त १३ सदस्यीय टिमले आफ्ना नियमित कार्य (तीज, देउसी -भैलो, दशैं, होली र नया बर्ष)लगाएत  मुख्य ४ वटा कार्य सम्पन्न गरेको छ।  

• Website (cncommunity.org.au)  मार्फत सस्थाको प्रक्रिया र पद्दतिलाइ documented गर्ने।

• स्पोर्ट्स club registration (Craigieburn Sports Brigade)

• नेपाली स्कुल CLV (community Language Victoria)  हुदै  DET (Department of Education and Training)  मा दर्ता

• DBSV को सहकार्यमा Hume library मा नेपाली बुक section स्थापित।

सस्था भनेको सामुहिक बुद्धि बिबेक, सिप र कौसलता लाइ एकै ठाउमा ल्याएर शक्ति शिर्जना महत्वपुर्ण मध्यम भएकोले, व्यक्तिगत स्वार्थ , अहंकार र अहमतालाई त्याग्दै  सबैलाई   समेटेर सगै जानुमा नै सस्था र व्यक्ति र पुरै समुदायको हितहुने तथ्य लाइ मनन गर्दै  आफ्नो कार्यकालमा  खेलकुद बिभाग, नेपाली स्कुल बिभाग स्थापित भएका र  सस्था का प्रक्रियालाइ पारदर्शी बनाउन र पद्दतिमा ढाल्न website बनेको तथ्य लाई प्रस्तुत गर्दै क्रेगीबन नेपाली समाजका  अध्यक्ष माधव पौडेलले आफ्नो रिपोर्ट प्रस्तुत गर्नु भएको थियो।

त्यस्तै क्रेगीबन नेपाली समाजका उपाध्यक्ष एबम नेपाली स्कुल  प्रिन्सिपल  चेत राज ढकालले १२० बिद्यार्थी भर्ना भएको तथ्य सहित स्कुल  रिपोर्ट राख्नु भएको थियो।  कोशादक्ष्य मनिषा कोइरालाले आफु आउदा खातामा $३६ रहेको र $४२००  तिर्नु पर्ने रकम रहेको कुरा स्मरण गराउदै आर्थिक रिपोर्ट प्रस्तुत गर्नुभएको थियो भने  खेलकुदबाट मन गुरुङले  आफ्नो मन्तब्य सहित रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।  बिधार्थी र अभिभाबकको अनुभव सहित केहि बाल नृत्य समेटीएको उक्त कार्यक्रममा क्रेगीबन निबासी अन्य संस्थाका प्रतिनिधिहरु प्रेम कंडेल , गणेश अधिकारी, महादेव धनुकले समेत गएको कार्यकालको  प्रशंसा गर्दै आफ्ना भनाइ राख्नु भएको थियो।

 

अनुप गौतम र चेत राज  ढकाल  द्वारा संचालित उक्त कार्यक्रमको दोस्रो भागमा  निर्बाचन मण्डलको तर्फबाट  सस्थापक अध्यक्ष रामचन्द्र सापकोटाले निर्बाचनको प्रक्रिया र उमेदबारको सुची सहित नब निर्बाचित १८  सदस्यीय कमिटीका पदाधिकारीको नामावली पढेर सुनाउनु भएको थियो।  

कार्यक्रमलाई अगाडि बढाउदै क्रेगीबन नेपाली समाजका सस्थापना देखिका सदस्य एबम सल्लाहकार अनन्त पौडेल,बिनित शर्मा,  राजेश कंडेल लगायत विभिन्न व्यक्तिहरुले गएको कार्यकालको  प्रशंसा गर्दै नयाँ टिम लाई शुभकामना दिनु भएको थियो।

नब निर्बाचित टिमको तर्फबाट बोल्दै नव निर्बाचित अध्यक्षले यो कार्यकाल जस्तै केहि नयाँ काम गरेर देखाउने प्रतिबद्दता ब्यक्त गर्नु भयो र अन्य पधाधिकारीबाट परिचयात्मक कार्यक्रम अगाडी बढ्यो।  

कार्यक्रमलाइ अगाडि बढाउदै क्रेगीबन नेपाली समाजका संस्थापना देखिका सदस्य एबम सल्लाहकार अनन्त पौडेल,बिनित शर्मा, राजेश कंडेल  लगायत विभिन्न व्यक्तिहरुले गएको कार्यकालको  प्रशंसा गर्दै नयाँ टिम लाई शुभकामना दिनु भएको थियो।  कार्यक्रमका अध्यक्ष माधव पौडेलको बधाई एबम शुभकामना मन्तब्य सहित कार्यक्रम  समापन भएको थियो।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349