eNepal

मेल्बर्नको अमेजिङ प्यारेन्ट्स नामक सामाजिक संस्थाले मनायो आफ्नो पहिलो औपचारीक कार्यक्रम

अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायको अमेजिंग प्यारेन्ट्स नामक सामाजिक संस्थाले आफ्नो पहिलो औपचारीक कार्यक्रम सम्पन्न गरेको छ। विशेषगरी अटिजम लगायत फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावकका लागि स्थापना गरिएको संस्थाले फरक क्षमताका बालबालिकाका लागि उचित वातावरण, समतामूलक समाज निर्माण गर्न प्रभावकारी योजनाका साथ अगाडी बढिरहेको छ।

गत शनिवार अमेजिंग प्यारेन्ट्सले क्रिसमसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। बालबालिकाका लागि उपहार, संगीतका साथसाथै विवध मनोरन्जनात्मक खेल प्रस्तुत गरिएको थियो।

कार्यक्रममा करिब पचास जनाको संख्यामा अभिभावक र करिब २५ जनाको संख्यामा बालबालिकाको उपस्थिति रहेको थियो भने एक-अर्कामा शुभकामनाका साथमा आफ्ना बच्चाहरुका कथा आदान-प्रदान गरेका थिए।

कार्यक्रममा अमेजिंग प्यारेन्ट्सकी अध्यक्ष संगीता तिमिल्सिनाले संस्थाको योजना र उद्देश्यका बारेमा प्रकाश पार्दै अभिभावकको रुपमा आफ्ना अनुभव पनि साट्नुभएको थियो। अध्यक्ष तिमिल्सिनाले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पूर्णप्रति धन्यवाद दिंदै कार्यक्रम आयोजनाका लागि स्थान उपलब्ध गराउने दिदी बहिनी समाज भिक्टोरिया तथा कार्यक्रम व्यवस्थापनमा स्वयंसेवकको रुपमा सहयोग गर्नुहुने दृष्टि र प्रनिशाप्रति विशेष आभार व्यक्त गर्नुभयो। कार्यक्रमको संचालन कार्यकारी सदस्य सुजन भारतीले गर्नुभएको थियो।

कार्यक्रमको बारे जानकारी गराउँदै अध्यक्ष तिमील्सिनाले संस्थाको उद्देश्य अनुरुप अभिभावकहरुले पनि सक्रियता देखाउँदा निकै खुशी छौं। कार्यक्रमका लागि हामी बोर्डका सदस्यहरुले रकम संकलन गरेका थियौं। त्यो पर्याप्त नभएपछि रकम संकलनका लागि हामी अभिभावकहरु समक्ष जाने निधो गर्यौं। उहाँहरुको यति राम्रो प्रक्रिया पायौं कि, कार्यक्रमका लागि छोटो समयमै पर्याप्त रकम संकलन भयो। त्यसैगरी कार्यक्रममा पनि बालबालिका र अभिभावकको सहभागिता उल्लेख्य रह्यो। यसले हामीलाई थप हौसला मिलेको छ”।

संस्थाले आफ्नो आधिकारिक वेबसाइट पनि सार्वजनिक गरेको जानकारी गराउंदै वेबसाइट निर्माणका लागि नि:शुल्क सहयोग गर्नुहुने गगन खत्रीप्रति आभार व्यक्त गर्नुभयो।

अमेजिंग प्यारेन्ट्समा हाल ९ सदस्यीय कार्यसमिति रहेको छ। संस्थाको अध्यक्षमा संगीता तिमिल्सिना, उपाध्यक्षमा सन्तोष पाण्डे, सचिवमा प्रकाश रानाभाट क्षेत्री, सह-सचिवमा विनोद आचार्य र कोषाध्यक्षमा दीपक पाण्डे रहनुभएको छ। त्यसैगरी कार्यकारी सदस्यहरुमा सुजन भारती, दीपा खनाल, विमल अर्याल र कृष्ण पौडेल रहनुभएको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349