डा. एकिन्द्र तिमिल्सेना भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतको दक्षिणी महानगरीय क्षेत्रका क्षेत्रीय सल्लाहकार परिषद सदस्यमा नियुक्त हुनु भएको छ।
भिक्टोरियाको नोबल पार्क निबासी डा.एकिन्द्र तिमिल्सेना भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतको दक्षिणी महानगरीय क्षेत्रका क्षेत्रीय सल्लाहकार परिषद सदस्यमा नियुक्त हुनु भएको छ।
भिक्टोरिया भरी ८ वटा क्षेत्रीय सल्लाहकार परिषद्हरु छन् जसमा सदस्य हुनको लागि इच्छुक व्यक्तिहरुबाट आबेदन माग गरिन्छ। सो को लागि बहुसांस्कृतिक समुदायलाई असर गर्ने स्थानीय मुद्दाहरूको ज्ञान भएको, विभिन्न समुदायहरूलाइ जोड्न सक्ने र आफ्नो स्थानीय समुदाय सुधार गर्न प्रतिबद्धता भएका व्यक्ति हुनु पर्दछ।
भिक्टोरियन बहुसांस्कृतिक आयोग अन्तर्गतका क्षेत्रीय सल्लाहकार परिषदहरूले भिक्टोरिया राज्यभर आयोगले कुन मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आवश्यक छ भनी पत्ता लगाउन मद्दत गर्दछन। यी सल्लाहकार परिषद्हरुका सदस्यहरू भिक्टोरियन बहुसांस्कृतिक आयोगका आँखा र कान हुन्, जसले बहुसांस्कृतिक समुदायका लागि महत्त्वपूर्ण मुद्दाहरूको बारेमा आयुक्तहरूलाई सूचना प्रदान गर्दछन।
डा. तिमिल्सेना नेप्लिज एसोसिएसन अफ भिक्टोरीयाको बर्तमान कोषाध्यक्ष समेत हुनुहुन्छ।
https://www.multiculturalcommission.vic.gov.au/vmc-regional-advisory-councils