eNepal

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा सानदार सुरुवात

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा सानदार सुरुवात गरेका छन् । होबार्ट हरिकेन्सबाट बिग ब्यास खेलेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २४ रन खर्चेर एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ थालेको सिड्नी १३ ओभरमा ५ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।

होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बलमा मोइसेन हेनरिक्स र दोस्रो बलमा ड्यानियल क्रिष्टियनलाई एक एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपले त्यस पछिका तीन बल क्रिष्टियनलाई डट राखे ।

सन्दीपले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए । नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट पाँच रनमा क्याच आउट भए । दोस्रो बलमा हेनरिक्सलाई एक रन दिए । तेस्रो बल सन्दीपले इंग्ल्यान्डका अलराउन्डर टम करनलाई डट राखे । चौथो र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बल डट राखे ।

सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई एक रन खचिए । दोस्रो बल करनलाई एक रन दिए । तेस्रो बलमा हेनरिक्सले कभरमा सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा एक रन खर्चेका सन्दीपले बाँकी दुई बल डट राखे ।

१३ औं ओभरमा सन्दीपले दुई चौका सहित ११ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा करनलाई एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपलाई चौको बलमा कभरमा हेनरिक्सले चौका प्रहार गरे । पाँचौं बलमा एक रन दिए । अन्तिम बलमा करनले सन्दीपलाई चौका प्रहार गरे । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । सन्दीपले ९ बल डट राखेका थिए ।

Related posts

रोयल वेस्टर्न क्लवले अस्ट्रेलिया डेको अवसर पारेर दोस्रो रक्तदान/ प्लाज्मा दान कार्यक्रमको शुरुवात

Manoj Poudyal

अष्ट्रेलियन नेपाली बहु-सांस्कृतिक केन्द्रको बार्षिक साधारण सभा हुँदै

Manoj Poudyal

भिक्टोरीयामा कोरोना सङक्रमितको संख्या १३५०७, १०८९ जना अस्पतालमा, ३५ को निधन

Manoj Poudyal

प्यारालम्पिक च्याम्पियन डिलन एल्कोट २०२२ अष्ट्रेलियन अफ द इयर घोषित

Manoj Poudyal

बढी भ्रष्टाचार गर्ने देशहरुको एक सय १७औँ स्थानमा नेपाल

Manoj Poudyal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

Manoj Poudyal