eNepal

रोयल वेस्टर्न क्लबको छैठौ साधारण सभा सम्पन्न, बम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले आफ्नो छैठौ साधारण सभा सम्पन्न गरेको छ । कोबर्ग स्थित हंग्री आइज फ्युजन यन्ड बार रेस्टुरेन्टमा सम्पन्न उक्त सभाले दुइ बर्ष (२०२१-२०२३)  कार्यकालका लागि सर्बसम्मत रुपमा बम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सभामा प्रगति विवरण प्रस्तुत गर्दै क्लबका निबर्तमान सचिव सुशील चालिसेले क्लबले अहिले सम्म गर्दै आएका बिभिन्न कार्यक्रमहरुको फेहरिस्त प्रस्तुत र क्लबका निबर्तमान कोषाध्यक्ष शसेंद्र गौतम केसीले आर्थिक विवरण पेश गर्नु भएको थियो । सभाले दुवै विवरणहरु सर्बसम्मतीबाट पास गरेको थियो ।

बम योञ्जनको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्ष रोशन दाहाल, सचिव सुशील चालिसे, सह-सचिब शसेंद्र गौतम केसी, कोषाध्यक्ष शंकर थापा, सह-कोषाध्यक्ष बिनिता कटुवाल तथा कार्य समिति सदस्यहरुमा दिपेन्द्र खड्का, सुशान्त वली, सुजत भण्डारी, कौशिक बस्नेत, पवन न्यौपाने, बिबेक शर्मा, साजन बस्नेत, सुजन कोजु, जेनिशा गौतम, मनोज भट्टराई, सुरज लामिछाने, तेज कार्की, उज्वल अधिकारी, संजीब थापा मगर, रेम्बो अधिकारी, गान्धी प्रशाद भट्टराई, निर्मला शर्मा, सुजन केसी र सृजना महत रहेका छन्। क्लबको एडभाइजरमा जोग लिम्बु, शरोज शर्मा, तारा गैरे, प्रेम राज उप्रेती, बविन मिश्र, यकिन्द्र तिमिल्सिना, बिवेक श्रेष्ठ र महेन्द्र कार्कीलाइ सर्बसम्मत रुपमा चयन गरेको छ। 

 प्याट्रोनमा क्लबका संस्थापक अध्यक्ष विजय खड्का तथा क्लबको म्यानेजरको रुपमा दिपेन्द्र खड्कालाइ चयन गरेको छ। अन्य पदाधिकारीहरु आगामी दिनमा आवस्यकताका आधारमा अब बस्ने कार्यसमितिको बैठकबाट मनोनीत गरिने जानकारी बर्तमान सचिब चालिसेले बताउनु भएको थियो । 

नब गठित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई क्लबका सल्लाकार श्री जोग लिम्बुले सपथ ग्रहण गराउनुका साथै बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सर्बसम्मत चयन भएका अध्यक्ष श्री बम योञ्जनले आगामी दिनहरुमा क्लबले अझै धेरै खेलहरुका साथै खेलाडीहरुको क्षमता बढाउनका लागि बिभिन्न तालिमहरु संचालन गर्ने, महिला तथा बाल-बालिकाहरुको टिम तयार पार्ने, सामाजिक गतिबिधिहरु गर्दै सबैलाई खेलका माध्यमबाट समेट्दै लगिने प्रयास रहने छ भन्नु भएको थियो । क्लबको सम्पूर्ण गतिबिधिहरु ब्यबस्थित रुपमा संचालन गर्नका लागि विभिन्न टास्क फोर्सको समेत निर्माण गरेको छ। 

क्लबले बिगतमा Vic Soccer Division 1 league champion को उपाधि संगै २०१९-२०२१ को कार्यकालमा बिभिन्न फुटबल प्रतियोगिताहरुमा सफलता हासिल गर्नुका साथै फन्ड राइजिङ्ग, रक्तदान, फिजिकल फिटनेस, किड्स सकर तालिम, न्याभ सस्था संगको सहकार्यमा दोश्रो न्याभ मल्टीकल्चरल सकर टुर्नामेन्ट, वोमन हेल्थ यन्ड वेलबियीङ्ग प्रोग्राम, लायन्स क्लब अफ दर्शन काठमान्डौको सहकार्यमा कोभिड रिलिफ फन्ड कार्यक्रम लगायत एनआरएनए भिक्टोरिया, मेलबोर्न नेपलिज कम्युनिटी वेस्ट, दिदीबहिनी समाज भिक्टोरिया, बाल चौतारी वेस्ट तथा गुल्मी समाज भिक्टोरिया संग्ग सहकार्य गर्दै  बिभिन्न कार्यक्रमहरु सफल रुपमा संचालन गरिसकेको छ। हालसालै सम्पन्न दोश्रो न्याभ मल्टीकल्टरल सकर टुर्नामेन्टमा क्लबले रंनर अपको उपाधि संगै फ्येर प्ले अवार्ड लगायत क्लबका खेलाडी अमित थापाले बेस्ट प्लेयरको उपाधि प्राप्त गर्न सफल भएका थिए। 

मेलबोर्नमा नेपाली समुदायको तर्फबाट प्रतिष्ठित क्लबको रुपमा आफुलाई उभ्याउन सफल रोयल वेस्टर्न क्लबको मुख्य स्पन्सर एक्स्पर्ट एजुकेसन यन्ड भिसा सर्भिसेस लगायत सेन्ट्रल अस्ट्रेलियन कलेज, फ्युजन इन्जीनियरिङ्ग सर्भिसेस, प्ल्याटेनियम डेभलपर्स, काठमान्डौ प्रपर्टिज, थ्री आर जे ग्रोसरिज, हंग्री आइज फ्युजन यन्ड बार, डेस्टिनि लिभिङ्ग होम्स, रथरफर्ड फुड ग्रुप, बेटर च्वाइस मोर्टगेज यन्ड फाईन्यान्स तथा काठमान्डौ होलिडेज रहेका छन्।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349