भिक्टोरिया सरकारको Priority Response to Multicultural Communities during Coronavirus (PRMC-2) परियोजना कार्यक्रम अन्तर्गत तमु समाज भिक्टोरियाद्वारा जून देखि नोभेम्बर महिनासम्म बिभीन्न गतिबिधी सम्पन्न गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।
गएको २८ नोभेम्बरमा बिशेष कार्यक्रमको आयोजना गर्दै भिक्टोरियावासी तमुहरूको अवस्था अध्ययन तथा जोखिम सर्भेक्षण प्रतिवेदन सार्वजनीक गरिएको हो।
प्रतिवेदन अनुसार समुदायलाई कोरोना भाइरसबाट जोगाउन ३०० घर परिवारलाई कोभिड-सुरक्षित स्वास्थ्य सामाग्रीहरू (ह्याण्ड स्याभनटाईजर, मास्क,वाईप्स, ह्याण्डवास, टिस्यु पेपर आदि वितरण गरिएको छ भने आइसोलेसनमा रहेका परिवारहरुलाई २०० थान आकस्मिक खाध्य सामाग्री सहयोग उपलव्ध गराएको जनाएको छ।
त्यस्तै कोभिड-१९ बिरुद्धको खोप बारे जनचेतना जगाउने कार्यक्रम अन्तर्गत तमु भाषामा प्रचार सामाग्रीहरू (भिडीयो र संदेशमुलक पर्चा) तयार पारि प्रसारण तथा बितरण गरेको छ।
https://www.facebook.com/100004076551589/posts/2597217667090760/?d=n
अष्ट्रेलियन जागीर प्रवेश सहजिकरण गर्न जिवीकोपार्जनको समस्यामा रहेका तमुहरू खासगरी भर्खर सेवामा प्रवेश गर्न लागेका युवा युवती तथा अन्तरास्ट्रीय बिधार्थी लक्षित करियर नेटिवर्किङ सेसन सम्पन्न गरेको छ।
महामारीले समुदायको मानसिक स्वास्थ्यमा पारेको नकारत्मक असर कम गर्न र यसबारे जनचेतना जगाउन मानसिक स्वास्थ्य सम्बन्धी गोष्ठी समेत संचालन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
भिक्टोरियन सरकारबाट ४९,८६४ तथा समुदायबाट ११,१५८ डलर गरेर जम्मा ६१,०२२ व्यहोरिएको परियोजना संम्पन्न गर्न लकडाउनको आपत्कालीन अवस्थामा खटिएका ३४ जना स्वयंसेवकहरूको नेतृत्व डा. मोहन वावु गुरूङले गर्नु भएको थियो।
https://www.facebook.com/100004076551589/posts/2584526108359916/?d=n
कोभिड-१९ को बिपतमा भिक्टोरियावासी तमुहरूको अवस्था बुझ्न र समाजको तर्फबाट सकेको सहयोग उपलव्ध गराउन सर्वेक्षण समेत गरिएको थियो। महामारीको जोखिम र असर न्युनीकरण गर्न भविस्यमा समुदायमा के कस्ता कृयाकलाप एवम् कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्दछ भन्ने सुझाव दिनु यो अध्ययनको उदेश्य रहेको थियो।
बिभीन्न उमेर समूहहरू, लैङ्गीक, पारिवारीक, अवस्था, भूगोल, वार्षीक आय र स्थायी तथा अस्थायी (अन्तरास्ट्रिय विधार्थी सहित भिषा अनुसारका १६० सहभागीहरु समाबेश गरिएको सर्वेक्षण अगष्ट् महिनाको अन्त्य देखि सेप्टेम्बरको मध्य सम्म गरिएको थियो। अध्ययनको लागि स्वास्थ्य, खाध्य सुरक्षा, वेलफेयर र जिविकोपार्जन गरि चारवटा क्षेत्रहरू अन्तर्गत २० वटा सुचकहरू समावेश गरिएको थियो।संकलित उत्तरहरु स्कोरिङ गरि सहभागिताहरुलाई कम जोखिम, मध्यम जोखिम, उच्च जोखिम र अती उच्च जोखिम गरि चारवटा क्षेत्रमा विभाजन गरिएको थियो।तमु तथा नेपाली समुदाय अझ भनौ सम्पुर्ण भिक्टोरियन बहुसांस्कृतिक समुदायमा पहिलो पटक गरिएको यस सर्वेक्षणले निम्नअनुसार नतिजा देखाएको छ।
१. कुल जनसंख्याको एक तिहाइ तमुहरू समग्रमा अति उच्च जोखिममा छन्। उच्च तथा अति उच्च जोखिममा कम आय भएका, अस्थाई भिषावाहक अन्तरास्ट्रिय बिधार्थीहरू पर्दछन्
२. उत्तरी तथा पश्चिमी सवर्वहरुमा वसोवास गर्ने तमूहरू अन्य भन्दा वढि स्वास्थ्य जोखिममा रहेको समेत सर्वेक्षणले देखाएको छ। कुल तमु जनसंख्याको ५८ प्रतिसत फ्रण्ट लाईन वर्करको रूपमा जोखिमपूर्ण पेशामा आबद्ध छन्। डेल्टा आउटव्रेक अगावै चार प्रतिशतलाई कोरोना संक्रमण भएको सर्वेक्षणले देखाएको छ।
३.खाध्य सुरक्षाका हिसावले अन्तरास्ट्रिय विधार्थीहरु बढी जोखिमपूर्ण रुपमा रहेको पाइएको छ। महामारीमा कुल जनसङ्याको ४८ प्रतिशत परिवारहरु खाध्य सुरक्षाको लागि संघर्षरत रहेको पाइयो । सर्भेमा सहभागी २४ प्रतिशत कुनै न कुनै रूपमा यो महामारीमा खाध्य सहयोग लिएको पाइयो भने १७ प्रतिशतले आफ्नो खाना खर्च कटौती गरेको पाइएको छ।
४. सामाजीक कल्याणका हिसावले २५ बर्ष मुनिका युवा तथा कम आय भएका तमुहरु बढी जोखिमपूर्ण अवस्थामा रहेको पाईयो भने कुल जनसङ्ख्याको ४१% गुरुङहरु अझै पनि भाडाको घरमा बसोबास गरेको सर्भेले देखाएको छ । आधा बन्दा बढी तमुहरू अहिले mortgage stress मा रहेका रएक तिहाइ भन्दा बढी तमुहरुको दुई वा दुई भन्दा बढी आर्थीक रुपमा निस्क्रिय आश्रीतहरु रहेको पाईयो।
५. जिविकोपार्जनको हिसावले एक्लै बसोबास गर्ने (परिवार विहीन), निम्न आय भएका र अन्तरास्ट्रिय विद्यार्थी तमुहरू उच्च जोखिममा रहेको पाइयो। जनसङ्ख्याको तीन चौथाई भन्दा बढी तमुहरु एउटै आयस्रोतमा निर्भर छन्।६ प्रतिशत गुरुङहरुले यो महामारीमा आफ्नो जागीर अथवा आयस्रोत गुमाएको पनि प्रतीवेदनले जनाएको छ।
समग्रमा अष्ट्रेलिया र भिक्टोरिया राज्यमा बिभीन्न सूचकहरुसँग तुलना गर्दा दुईवटा सुचकहरू (खोपको दर र विश्वविधालय शिक्षीत जनसंख्याको प्रतिशत) मा बाहेक सबै क्षेत्रहरूमा तमुहरूको अवस्था निम्नस्तरको रहेको पाईयो। विभिन्न तहका सरकार र समुदायले केही पहल नगर्ने हो भने कोरोना महामारीको असमान असरहरुले गर्दा समुदायहरू विच देखिएको असमानताको खाडल समुदाय-समुदाय बिच मात्र नभएर एउटै समुदाय भित्र पनि अझ गहिरीने आशंका गरिएको छ।
यसको लागि समुदायका लागि केही विशिष्ठ तथा Multicultural Affair राज्य तथा फेडरल सरकारको लागि केही सामान्य (Generic) सुझावहरु अध्ययन प्रतीवेदनले औल्याएका छन् ताकी ती असमान असरहरु न्युनीकरण गरि माहामारीबाट छिटो भन्दा छिटो सामान्य अवस्थामा फर्किन सकियोस् ।