eNepal

सिड्नी भित्रीएका दुई यात्रुमा कोभिड-१९ को नयाँ भेरिन्ट ओमिक्रोन भएको पुस्टी

साउथ अफ्रीकाबाट सिड्नी भित्रीएका दुई यात्रुमा कोभिड-१९ को नयाँ भेरिन्ट ओमिक्रोन भएको न्युसाउथवेल्स स्वास्थ्य विभागले पुस्टी गरेको छ।

हाल दुबै केसहरू विशेष स्वास्थ्य आवासको आइसोलेसनमा रहेका छन्। खोपको दुवै मात्रा लगाइएका दुवै व्यक्ति दक्षिणी अफ्रिकाबाट २७ नोभेम्बर शनिबार सिड्नी पुगेका थिए।

उनीहरु सँगै कतार एयरवेजबाट दोहा देखी सिड्नी १२ जना आएका थिए। उनीहरु पनि १४ दिन विशेष स्वास्थ्य आवासको होटेल क्वारेन्टाइनमा रहेका छन्।

उडानमा २६० यात्रु र हवाई चालक दल पनि नजिकको सम्पर्कमा रहेकोले उनीहरुलाई पनि सेल्फ आइसोलेसनमा बस्न अनुरोध गरिएको छ।

 नयाँ भेरियन्ट देखिएसंगै दक्षिण अफ्रिकाका केही देशका लागि अष्ट्रेलीयाले आफ्नो सिमाना बन्द गर्ने घोषणा गरेको छ। स्वास्थ्य मन्त्री ग्रेग हन्टले शनिबार ती देशका लागि प्रतिबन्ध लागाउने घोषणा गरेका थिए।

दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । त्यहाँ पछिल्लो समय ओमिक्रोन भेरियन्ट फेला परेको र यो भेरियन्ट खतरनाक रहेको बताइएको छ।

दक्षिण अफ्रिका, लेसोथो, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, नामिबिया, इस्वाटिनी, मलावी र सेशेल्सबाट कुनै पनि अष्ट्रेलियाको राज्य वा क्षेत्रमा आउने व्यक्तिहरूले १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्नेछ।

न्यू साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलीयन क्यापिटल टेरीटोरीले अन्य देशहरूबाट आउने पूर्ण खोप लगाइएका यात्रुहरूले आज मध्यरातबाट ७२ घण्टाको लागि सेल्फ आइसोलेसन बस्नु पर्ने जनाएको छ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349