eNepal

एनआरएनएको निर्वाचन आगामी डिसेम्बर १५ तारिखमा गर्ने घोषणा

गैर आवासीय नेपाली संघको निर्वाचन आगामी डिसेम्बर १५ तारिखमा गर्ने घोषणा गरिएको छ । संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा गर्नु भएको हो ।  संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गर्ने घोषणा गरिएको छ ।

एनआरएनएको निर्वाचन अनलाईनमार्फत र महाधिवेशन काठमाडौमा भौतिक रुपमा गरिने तय गरिएको जनाइएको छ ।  गत महिना तय गरिएको गैर आवासीय नेपाली संघको १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएसँगै स्थगन भएको थियो ।

अध्यक्ष पन्तले जारी गरिएको विज्ञप्तिमा भनीएको छ, ‘संघले प्रस्तुत गरेको मार्गचित्रमा मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ ।’

विश्वभरि फैलिएका गैर आवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल गरिएको जनाइएको छ ।

‘केहि समय अगाडि म समेत संलग्न भएको बार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनीभूत छलफल भएको थियो । संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको थियो’, अध्यक्ष पन्तले जारी गर्नु भएको विज्ञप्तिमा भनीएको छ ।

महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई आजै बुझाईने समेत जारी विज्ञप्तिमा उल्लेख छ । साथै संघको निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह समेत गरिएको छ।

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349