नेप्लीज विजनेस एसोसिएसन अफ तास्मानिया (Nepalese Business Association of Tasmania- NBA) को पहिलो साधरण सभा सम्पन्न भएको छ । तास्मानियमा रहेका नेपाली व्यवसायीहरुलाई एउटै संस्थामा समेटेर उनीहरुको सहकार्य, सीप, क्षमता र राज्यस्तरबाट प्राप्त हुन स्क्ने स्रोतसाधन साथै जानकारीहरुमा पहुच पुरयाउने उद्देश्यका साथ यस संस्थाको स्थापना २ वर्ष अघि भएको थियो ।
यसवीचमा कोरोना महामारीको समयमा समस्यामा परेका विद्यार्थी लगायत अन्यहरुलाई राहत वितरण गर्नुका साथै Australian Taxation office (ATO), विजनेस तासमानियक – Business Tasmania लगायतका विभिन्न सरकारी निकायहरुसंग समन्वय गरि यहाँका व्यवसायीहरुको क्षमता अभिवृद्द गर्न कार्यसाला गोष्ठि लगायतका कार्यक्रम संस्थाले सम्पन्न गरेको छ ।
यहाँको नेपाली व्यवसायीहरुवीच सहयोग र सदभावको भावना विकास गर्दै नेपाली व्यवसायीहरुको विकासका लागि थप योजना ल्याउने संस्थाले जनाएको छ । आइतवार सम्पन्न पहिलो साधरण सभाले रेवन्त वस्नेत को नेतृत्वमा सात सदसीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रविन खरेल, सचिवमा उमेश सुन्चेउरी, सहसचिवमा सरोज खनाल, कोषाध्यक्षमा अरुन आचार्य, कार्यसमितिमा रोसन मैनाली र कुसुम शर्मा चयन भएका छन । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको जानकारी निवार्चन आयुक्त सन्देस परियारले जानकारी दिए ।
संस्थामा तास्मानियको होवार्ट साथै लन्चेष्टनबाट समेत गरि ३५ भन्दा वढि व्यवसायीहरु आवद्ध रहेका छन् ।