लैङ्गिक समानता प्रवर्द्धन गर्नका साथै महिलाहरूको लागि आत्मावल र मनोबल बढाउने उद्देश्य र प्रतिबद्धताका साथ दिदी बहिनी समाज भिक्टोरिया (DBSV) ले गत मार्च देखि हरेक दुई महिनामा महिला संवाद डिजिटल फोरमका साथै खुला डिजिटल छलफल फोरम सफलतापूर्वक आयोजना गर्दै आएको छ।
तीनवटा डिटजिटल फोरमहरू सफलता पुर्वक सम्पन्न गरिसकेको दिदीबहनी समाजले गएको ८ नोभेम्बरमा “विभिन्न संस्कृतिमा बालबालिकाको पालनपोषण: चुनौती र अवसरहरू” बिषयमा बिशेष छलफलको कार्यक्रम आयोजना गरेको थियो।
डिजिटल प्लेटफर्मले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका ७५ जना भन्दा बढीले सहभागी जनाउँदै एकआपसमा अन्तरक्रिया गरेका थिए।छलफलमा विभिन्न संस्कृतिका पृष्ठभुमी भएका अभिभावकहरूले बालबालिकासँग सम्बन्धित प्रश्नहरू राख्ने र मनमा लागेका जिज्ञासाहरु छलफल गरेका थिए।
डिजिटल फोरमको मुख्य उद्देश्यनै प्रवासमा जन्मिएर हुर्किदै गरेका बालबालिकाहरुलाई बहुसाँस्कृतीक रहनसहनमा उनीहरुको पालनपोषण र हुर्काउनमा आमाबाबुले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्नुका साथसाथै ती चुनौतीहरूको सामना गर्ने अवसर र रणनीतिहरूबारे छलफल गरीएको थियो।
सो डिजीटल फोरमका प्यानलहरुमा वक्ता एम डी डा अरुणराज कुँवरले विभिन्न सांस्कृतिक परिवेशमा देखिएका चुनौतिहरू र त्यस्ता चुनौतीहरू आइपर्दा त्यसको सामना गर्न के के गर्ने बारे सुझावहरू दिनु भएको थियो भने विभिन्न सांस्कृतिक अपेक्षाहरू, मूल्य मान्यताहरू, विश्वासले फरक संस्कृतिमा अभिभावकत्वमा के कस्ता चुनौतीहरू ल्याउँदछ भन्ने बारे विस्तृत रूपमा छलफल गरिएको थियो।
विभिन्न संस्कृतिमा भिज्दै गर्दा अभिभावकहरूलाई फरक सांस्कृतिक पृष्ठभूमि, मूल्यमान्यता, भाषा, धार्मिक विश्वासहरु प्रमुख चुनौतीहरू हुनसक्छन्। यद्यपि बालबालिकाको धारणाका साथै उनीहरुका अपेक्षाहरू बुझ्ने र बालबालीकाका अपेक्षाहरू गहन तरीकाले अध्ययन गर्ने, बच्चासँग गुणस्तरीय समय बिताउन र परिस्थितिसँग लचिलो बन्न अन्य समुदाएको सँस्कारसँग परिचित हुनु अभिभावकहरूले पनि भुमीका खेल्न पर्ने बारे छलफल गरिएको थियो।
सत्रलाई परामर्शदाता एवम् मनोचिकित्सक डा अनुपम पोखरेलले सफलतापूर्वक समापन गर्नुभएको थियो। उहाँ एक मानसिक स्वास्थ्य विशेषज्ञ हुनुहुन्छ।
सत्रमा बहुसांस्कृतिक वातावरणमा अभिभावकत्वसँग सम्बन्धित मुख्य बिषयहरु आमाबाबुको बानीको तुलनामा बच्चाहरूलाई हुर्काउने तरिकामा भिन्नता, विभिन्न संस्कृतिका आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी स्नेह देखाउँछन् र उनीहरूका छोराछोरी कति स्वतन्त्र छन् भन्ने कुरामा के कस्ता भिन्नता छन्, आफ्ना बालबालिका, परिवार र समुदायप्रति अभिभावकको जिम्मेवारी कस्तो हुनु पर्छ र अभिभावक र बालबालिकाको एकअर्काप्रति अपेक्षाहरू के के हुन सक्छन् भन्ने बारे बृस्तित छलफल भएको थियो
कार्यक्रमको संचालन अन्जना नेपालले गर्नुभएको थियो भने प्राविधिक रुपमा सत्रको संयोजन अनिता भण्डारी र बेन्जु ज्ञवालीले गर्नु भएको थियो।
भिडीयो हेर्न यो लिङ्कमा क्लिक गर्नु होला।
https://www.facebook.com/didibahini.samajvictoria/videos/1208738382956481/?d=n