चित्रले मानिसलाई फरक अनुभुती दिन्छ, कल्पना गरिएका बस्तुहरुलाई जिवन्त राख्न मद्दत गर्छ। चित्रले अन्स्करणको भाव बोल्छ, ईतिहाँसलाई व्युताउँछ अनि कला र सँस्कृतीलाई भावी सन्ततीसामु हस्तान्तरण गर्ने पुलको काम गरि रहेको हुन्छ। हेर्दा साधारण देखिने खेस्राहरुले कुनै युगको चित्रण गरेको हुन्छ, कुनै ईतिहाँसलाई व्यताउँने प्रयास गरेको हुन्छ अनि समाजको कुण्ठीत आवाजलाई जनमानसमा पुर्याउने साँघु बनेर युग युगान्तर सम्म ताजा बनेर बसेको हुन्छ एउटा कोसे ढुङ्गा बनेर।
कति पय बस्तुहरु नाङ्गो आँखाले भेउ पाउँदै तर क्यामरामा कैद भए पछि त्यसले गहिरो प्रभाव पार्छ। अनि जति नियाल्दै गयो त्यस भित्र क्यापचर्ड भएका बस्तुले कसैको मन छुन्छ मिठो भाव दिन्छ र अरुलाई प्रेरणा बन्छ।
यस्तै चित्रहरुको माध्यमबाट समाजमा रहेका यथार्थ सचित्रण गर्दै रङ्ग वा क्यामराको माध्यमबाट समाजलाई झक्झक्याउन निरन्तर रुपमा कटिबद्द भएर बिगत केही बर्ष देखि लागि परेका मेल्बोर्न निवासी अरुण चित्रकारलेफोटो नेपालको फोटो वाल्क गर्न लाग्नु भएको छ।मेल्बोर्नको फेडरेसन स्कायरमा २७ मे शनिवार अपरान्ह ३:३० देखी ६:३० सम्म हुने उक्त वाकमा सम्पुर्ण फोटोग्राफी प्रेमीहरुलाई सहभागीताको लागि निम्तो दिदै यस वाकमा सहभागी भएर यस कार्यक्रममा सफल बनाई दिनु हुन यस कार्यक्रमका संयोजक अरुण चित्रकारले आग्रह गर्नु भएको छ।