eNepal

यती एफसीले बाजी मार्यो न्याभ मल्टीकल्चरल सकर प्रतियोगिताको उपाधी

नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले  रोयल वेस्टर्न क्लब र भिक्टोरीयन बहुसाँस्कृतिक आयोगसँगको सहकार्यमा दोश्रो न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। अत्यन्त रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा रोयल वेस्टर्न क्लबलाई ० का बिरुद्ध १ गोलले हराउँदै यती फुटबल क्लबले दोश्रो न्याभ बहुसाँस्कृतीक सकर प्रतियोगिताको उपाधी माथि कब्जा जमाएको हो।

रिचार्ड रिजर्भ कोबर्ग, 34 Charles Street, Coburg मा हिजो भएको सेमीफाइनल खेलमा रोयल वेस्टर्न क्लव र यती फुटबल क्लबले क्रमश हिमालयन एफसी र अल्बियोन थन्डर्सलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए।

रोयल वेस्टर्न क्लव र यती फुटबल क्लव बिच भएको रोमान्चक र कडा प्रतिस्पर्धात्मक खेलमा यती एफसीका तर्फबाट निराजन गुरुङले गरेको एक गोलनै निर्णायक गोल बन्न सफल भयो।

प्रतियोगिताको उत्कृस्ठ खेलाडी रोयल वेस्टर्न क्लवका अमीत थापा घोषीत भए भने उत्कृस्ठ गोलरक्षक अल्बियोन थन्डर्सका मुसा बन्न सफल रहे।धेरै गोल गर्ने खेलाडीको ट्रफी हिमालयन एफसीका सवीन बस्नेतले जिते भने उत्कृस्ठ डिफेन्डर सुक भट्टराई बन्न सफल भए।

सेमीफाइनल र फाइनलमा गोल गर्ने खेलाडीहरु यती एफसीबाट निराजन गुरुङ, शैलेस श्रेष्ठ, रोशन लामिछाने त्यस्तै हिमालयन एफसीबाट प्रवीन गुरुङ, रोयल वेस्टर्न क्लवबाट श्रीजन भण्डारी र अल्बियोन थन्डर्सबाट भ्यानले नगद पचास डलर हात पारे। नगद पुरस्कारको प्रायोजक मेल्बर्न नेप्लिज कम्युनिटी वेस्ट, एपीबी पाट्नर्स क्याप्कन मेल्बर्न, जिलोङ नेप्लिज एसोसियसन र मल्टी डाइनामिक रहेका थिए।

त्यस्तै म्यान अफ द म्याचलाई नगद एक सयको व्यबस्था गरिएको थियो। रोयल वेस्टर्न क्लव र हिमालयन टाइगर्स बिच भएको खेलमा अमीत थापा, हिमालयन एफसी र एभरेस्ट युनाइटेड बिच भएको खेलमा सविन बस्नेत, यती फुटबल क्लव र एसीयन एफसी बिच भएको खेलमा डुग्लास, अल्वियोन थन्डर्स र कुयोङ युनाइटेड बिच भएको खेलमा मोनी, रोयल वेस्टर्न क्लव र हिमालयन एफसी बिच भएको खेलमा अमीत थापा, यती एफसी र अल्बियोन थन्डर्स बिच भएको खेलमा मुसा र यती फुटबल क्लव र रोयल वेस्नर्न क्लव बच भएको फाइनल खेलमा निराजन गुरुङ म्यान अफ द म्याच होषीत भए।

प्रतियोगीतामा Minister for crime prevention, corrections & Youth justice & Victim support Hon. Natalie Hutchins, VMC Chairman Vivienne Nguyen, Deputy Chairperson Victorian Multicultural Commission Bwe Thay, Moreland councillors Sue Bolton, Praveen Kumar लगाएत भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत चन्द्र योन्जनको साथमा उहाँको धर्मपत्नी लक्ष्मी योन्जन, न्याभका पुर्व अध्यक्षहरु डा राजु अधिकारी, बम योञ्जन, डा. अनुपम पोखरेल, न्याभका सल्लाहकार जोग लिम्बु, एनआरएनए भिक्टोरीया संयोजक हरी खड्का, उपसङ्योजक नारायण कट्टुवाल, फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियसन् अष्ट्रेलिया (FeNCAA) का भिक्टोरीया राज्य संयोजक भोला गिरी, दक्षिण एशियाली समुदाय लिंक समूह (SACLG) का अध्यक्ष डा.राजु अधिकारी, एमएनसी वेस्ट अध्यक्ष शङ्कर थापा, एएनएमसी अध्यक्ष राजेश आचार्य, एएनएमसीका सचीव नारायण काफ्ले, जनसम्पर्क समिती अस्ट्रेलीया अध्यक्ष एवम् मल्टीडाएनामिक मेल्बर्नका प्रतिनिधी विनीत शर्मा, सुदुर पश्चिम नेपाली समुदाएका अध्यक्ष एवम् मल्टीडाएनामिक मेल्बर्नका प्रतिनिधी महादेव घानुक, एनआरएनए युथ कोअडीनेटर बबीन मिश्र, ग्रेटर जिलोङ नेपाली समुदाएबाट ज्ञानेन्द्र उप्रेती, एएनपीएल अध्यक्ष निराजन गौली, जिलोङ नेप्लिज एसोसियसनका अध्यक्ष निरज करणजित लगाएतको उपस्थिती रहेको थियो।


प्रतियोगितामा नेपाली र अन्य समुदायका क्लवहरु रोयल वेस्टर्न क्लव, यती फुटबल क्लव, एभरेस्ट युनाइटेड क्लव, रेन्जर्स, हिमालयन फुटबल क्लव, एसियन फुटबल क्लव, अल्बियोन थन्डर्स, द हिमालयन टाइगर्स, कुयोङ्ग युनाइटेड, मेल्बर्न लाबासा एफ ए र डिडि एफ सी गरेर एघार क्लवले प्रतिस्पर्धा गरेका थिए।

टुर्नामेन्टलाई मल्टि डायनामिकले मूख्य प्रायोजन गरेको थियो भने एपीबी पार्टनर्स सह-प्रायोजकको रुपमा रहेको थियो।


कार्यक्रमलाई स्वागत गर्दै न्याभका अध्यक्ष राम गुरुङले प्रतीयोगीता सफल बनाउन सहयोग गर्ने सवै हातहरुलाई धन्यबाद दिदै आउने बर्ष न्याभले आफ्नो २५ औं बार्षीकउत्सव बिशेष कार्यक्रमको आयोजना गर्दै मनाउन लागेको बारे प्रकाशित पार्नु भयो।


खेलकुदको माध्यमबाट भिक्टोरियामा रहेका विभिन्न समुदाय बिच साँस्कृतिक सद्भाव बढाउने उदेश्यका साथ आयोजना गरिएको प्रतीयोगितालाई खराब मौसमको बाबजुद पनि भव्य र सभ्य बनाउन सहयोग गर्ने सबै क्लव र खेलाडीहरु, आयोजक कमिटीका सदस्यहरु, भिक्टोरीयन सरकार, रोयल वेस्टर्न क्लव, प्रायोजक, विशिस्ट अतिथीहरु सबैलाई बिशेष धन्यबाद दिदै आउने दिनमा पनि यस्ता खेललाई निरन्तरता दिदै अगाडी लैजाने न्याभका उपाध्यक्ष एवम् यस प्रतियोगिताका संयोजक प्रेम राज उप्रेतीले बताउनु भयो।

कार्यक्रमको सन्चालन न्याभका उपाध्यक्ष डा. यकिन्द्र तिमील्सिनाले गर्नु भएको थियो।

 

Related posts

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

अमेजीङ प्यारेन्ट्सले फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावक लक्ष्क्षित गर्दै दशै तथा दिपावली कार्यक्रम गर्दै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349