eNepal

उदाउँदो सुर्यलाई अघ्र्य दिएसँगै मेल्बर्नमा छठ पर्व भव्यताका साथ समापन

उदाउँदो सुर्यलाई अघ्र्य दिएसँगै मेल्बर्नमा छठ पर्वको समापन भएको छ । आस्थाको महापर्व छठ अन्तर्गत व्रतालुले हिजो बिहान मेल्वर्नको एडवर्ड लेक पार्क रिजर्भवेरमा तालमा उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् । 

मधेशी कम्यूनिटि इन भिक्टोरीयाले विगत आठ वर्षदेखि निरन्तर मनाउँदै आएको छठ पर्व यो बर्ष पनि भर्चुअल र अनसाइट उत्सवको रुपमा हर्षोल्लासका साथ मनाएको छ।

दुई चरणमा १० नोभेम्बर बुधबार साँझ ४:३० देखी ८:३० बजे सम्म अस्ताउँदो सूर्यलाई पूजा गरेर आज ११ नोभेम्बर बिहीबार बिहान ५:३० बजे देखि ८:३० बजे सम्म उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्दै छठ पर्व मनाइएको हो। 

ब्रतालु भक्तजनहरुलाई मात्र प्रत्यक्ष सहभागीता जनाउन अनुमती दिएपनि समुदाएलाई पुजा स्थलको प्रत्यक्ष जानकारी लगाएत शुभकामना आदन प्रदान गर्ने हेतुले भर्चुअल जूम प्रविधीबाट छठ पर्व मनाउने अवसर एमसीभीले मिलाएको थियो।

भिक्टोरीया राज्य सरकार स्वास्थ्य बिभागले जारी गरेको कोभीड सेफको नियमलाई पालना गर्दै सिमीत भक्तालुहरुले एडवर्ड लेक पार्क रिजर्भवेरको तलाउमा छठ पुजा गरेका थियो।

भर्चुअल कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपालका तर्फबाट भिक्टोरीयाका लागि Member of the Australian Parliament for Wills Hon. Peter Khalil,अबैतानिक राजदूत चन्द्र योन्जन, MP for Preston Hon. Robin Scott, Mp for Thomastown Hon. Bronwyn Halfpenny,, एएनएमसीका अध्यक्ष राजेश आचार्य, फेन्काबाट राजु अधिकारी, न्याभका अध्यक्ष राम गुरुङ, एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलीया (एन्टाका) महासचीव कन्चन ठाकुर, एनआरएनए भिक्टोरीया कोअडीनेटर हरि खड्का, एएनपीएलका अध्यक्ष निराजन गौली, लगाएत भिक्टोरीयामा रहेका बिभीन्न सँघ सँस्थाका पदाधिकारीहरुले सहभागीता जनाउँदै छठ पर्वको शुभकामना दिनु भएको थियो।

कार्यक्रमको दौरान भिक्टोरीया सरकारको प्रतिनिधीत्व गर्दै सुवेश पन्त र ज्योती चौधरीबाट कोभीड सम्बन्धी जानकारी मुलक सत्र संचालन गरिएको थियो।कार्यक्रमलाई सफल बनाउन भर्चुअल र पुजा स्थलमा आइ साथ र सहयोग दिने सबै प्रमुख अतिथी, समितीका सदस्यहरु, समुदाएका अगुवा, स्वमसेवकहरु सबैलाई एमसीभीका अध्यक्ष डा. सुरेन्द्र रौनियारले धन्यबाद दिनु भएको थियो भने भर्चुअल कार्यक्रमको सन्चालन मधेसी समुदाए भिक्टोरीयाका सचीव तथा डाँफे कन्सल्टीङ मेल्बर्नका निर्देशक सन्तोष कर्णले गर्नु भएको थियो।

चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरेपछि छठपर्वको अन्त्य हुन्छ । अर्घमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349