आजकाल धेरै बिधार्थीहरुको मुख्य गन्तब्य हो अस्ट्रेलीया।बार्ह कक्षाको नतीजासँगसँगै शुर हुन्छ कन्सल्ट्यान्सी धाउने खेती।कुन कन्सल्ट्यान्सी ठीक र सहि सुचना सम्प्रेसण गर्नै बुझ्नै लाग्छ कैयौ हप्ता।साथीले कहाँबाट एप्लाई गर्यो त्यसैबाट गर्छन् अक्सर धेरैले।सहि सुचना दिनेले दिन्छन् धेरैले अतिरन्जीत कुरा बनाएर मख्ख पार्छन् ताकि उसैको कन्सल्ट्यान्सीबाट भिषा प्रक्रिया अगाडी बढावस्।सहि सुचना दिनु कन्सल्ट्यान्सीको कर्तव्य हो किनकी भिषा लाग्नु मात्र ठुलो कुरा होईन।भिषा लागेर र उढे पछि बिरानो ठाउँको यथार्थ बस्तु स्थिती, रहनसहन, काम,कलेजको बारे केही चाँही जानकारी दिनै पर्छ।त्यो उनीहरुको धर्म हो।
सबैलाई चासो हुन्छ गए पछि काम कस्तो गर्ने अझ भनौ के काम गर्ने, कस्तो काम पाईन्छ।घण्टाको हिसाबले तलब बुझ्ने हो कि।नेपालकै जस्तो महिनावारी पो हुन्छ कि।कामका प्रकार कस्ता हुन्छन्।साथीहरुले कस्तो काम गर्दै छन्।कतै गफ पो लगाएका हुन् कि।काम कत्तिको पाईन्छ।कामको लागि त्यहाँ भएका साथी अनि अग्रजबाट सहयोग मिल्लाकी नमिल्ला।यस्ता यावत कुराहरु मनमा कौतुहुलता भई रहन्छ।
मुख्य कुरो परि आएको खण्डमा जे जस्तो काम पनि गर्न सक्छु भन्ने मानसिकता बनाएर आउनु होस्।।अल्छीपना र लोसेपनलाई एयरपोर्टमै छोड्नु होस्।किनकी अस्ट्रलियामा काम पाउन फुर्तीलो र जोशीलो हुनै पर्छ।भाषामा पनि सुधार गर्नु होस्।अङ्ग्रेजी बोल्ने बानी तत्कालनै बनाउनु होस्।काम भनेको प्रायले गर्ने किचनह्यान्ड, वेटर वा वेट्रेस, हाउसकिपीङ, अफिस क्लिनीङ अनि भेजीटेबल पसलहरुमानै हो।सुपरमार्केटमा क्यासेरिङको काम पनि पाउन सकिन्छ।फ्रेनचाईज फास्टफुडहरु म्याकडोनाल्ड,हङ्ग्रीज्याक्स लगायत केएफसीमा पनि काम पाउन सकिन्छ।
अब शिप अनुसारको कामपनि नपाईने भन्ने हुन्न तर तुरुन्तै पाउन निकै गार्हो छ।कफि बनाउने तालीम गर्नु होस् तर नेपालमा सिकेको भन्दा फरक हुन्छ यहाँको कफी बनाउने तर कमसेकम् केही भएपनि ज्ञान भएको राम्रो हुन्छ।नेपालमा सिकेको बरिस्टाको तालीमले केही हदसम्म तपाईलाई क्याफेमा काम गर्ने आत्मबल चाँही बढ्छ।अनि बिस्तारै सिक्दै गएमा एकदिन राम्रो बरिस्टा बन्न सकिन्छ र तपाईको पैसापनि राम्रो हुन्छ।
अर्को मुख्य कुरा गाडी कुदाउन सिक्नु होस्।काम पाउन गाडीले मुख्य भुमीका खेल्छ।हुन त नेपालमा मेनुयल गाडी हुन्छ तर यहाँ प्राय अटो गाडीहरु हुन्छन्।यहाँ गाडी कुदाउन खासै गार्हो हुँदैन तर यहाँको ट्राफीक नियम जान्न केही समय लाग्छ।त्यो पनि बिस्तारै जानिन्छ।आउने बित्तीकै गाडी किन्न सकिन्न र त्यो सम्भव पनि हुन्न तर केही महिना पछि गाडी किन्न खासै गार्हो हुँदैन। $२००० माथी राम्रै कन्डिसनका गाडीहरु पाईन्छ र गाडी भयो भने काम पाउन सजिलो हुन्छ र आफ्नो अनकुलको काम गर्न सकिन्छ।
क्लिनीङको काम आफै बिस्तारै सिकीन्छ त्यस्तो तालीमनै लिन पर्छ भन्ने हुँदैन।हाउसकिपीङ पनि गर्दै गए पछि सिकिन्छ तर फर्तीलो चाँही हुनु पर्छ।त्यहि भएर आफुलाई फुर्तीलो बनाउने अभ्यास बनाउनु राम्रो हुन्छ।
अरुले यस्तो छ उस्तो छ भनेको सुनेर सपनाको महल बुन्नु भन्दा आफै आए पछि बास्तबिकता थाहा पाईन्छ। छ्या त्यस्तो काम भन्ने मानसिक्तालाई उतै बिराजमान गरेर आउँदा राम्रो।अब बिस्तारै वाताबरण अनकुल समय अनुकल आफुले कस्तो काम गर्ने नितान्त आफैमा भर पर्छ।राम्रो काम गर्नलाई अनुभव मुख्य हुन्छ।नेपालको अनुभवले थोरबहुत काम लाग्न सक्छ तर एक्कै चोटी आफैले भनेको काम पाउन धेरैनै मुस्किल हुन्छ।आफ्नो ईच्छा अनुसारको काम भनेको समयमा नपाए पनि मेहीनत र लगनशिल भएर रिक्रुटमेन्ट कम्पनीहरुसँग तालमेल बनाई राखे र आफु अपडेट भई राखे राम्रो काम पनि पाईन्छ।तर यत्ति हो बिधार्थी भिसामा रहेको बेला फुलटाईम काम गर्न पाईन्न र धेरै कम्पनीले काम चाँही दिदैन।
अझ सकिन्छ भने त प्लम्बर यानिकी धाराको काम, इलेक्ट्रीक सम्बन्धी काम, मिस्त्रीको काम सिकेर आउनु होस्।किनकी पैसा बढी त्यसैमा छ।तर नेपालमा सिकेकोलाई मान्यता चाँही दिदैन।त्यसको लागि यहाँ पनि सोही अनुसारको कोर्ष गर्न पर्छ अनि बल्ल काम गर्न पाईन्छ।
गफ लाएर केही हुन्न यथार्थ यहि हो।निन्द्रालाई केही समय बिर्सनु होस्।अलार्मको ईसारामा उठ्ने बानी बनाउनु होस्।थकाईलाई केही समय बिर्सनु होस्।मेहीनेत र दुःख गरे जिवनलाई सहज बनाएर लान कुनै गार्हो छैन।
यहि हो यहाँको बास्तबीकता।
लेखक: मनोज पौड्याल