eNepal

दिदीबहिनी समाज वेस्ट युनिटले देउसी खेलेर उठेको रकम एएनएमसीलाई हस्तान्तरण

दिदीबहिनी समाज भिक्टोरीयाको वेस्ट युनिटले अष्ट्रेलियन नेपाली बहु साँस्कृतिक केन्द्रलाई $११२४ डलर हस्तान्तरण गरेको छ।गएको शुक्रबार मेल्बर्नको वेरेवीमा अवस्थित रिभरवाक पार्कमा आयोजना गरिएको देउसी भैलो कार्यक्रमका दिदीबहिनी समाज भिक्टोरीया वेस्ट युनिटका युनीट कोअडीनेर रोशनी श्रेष्ठ र अभिभावक जमुना सापकोटाद्वारा सङ्युक्त रुपमा केन्द्रका बर्तमान अध्यक्ष राजेश आचार्यलाई सो रकम हस्तान्तरण गरिएको हो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै एएनएमसीका अध्यक्ष राजेश आचार्यले एएनएमसीको बर्तमान अवस्था बारेमा समुदाएलाई जानकारी गराउनु भएको थियो। हाल काउन्सीलमा अनुमोदनको प्रकृयामा रहेको र काउन्सीलका निती नियमहरुसँग रुजु गर्नु पर्ने हुन्छ। काउन्सीलबाट प्लानिङ पर्मिट एप्लिकेसन स्वीकृत भए पछि अहिले रहेको भवनलाई पव्लीक बिल्डिङमा परिबर्तन गर्न अनगिन्ती सर्त हुनेछन् जस्तै कार पार्किङ, डिसेबल एक्सिस्, ट्वाईलेटहरुको व्यबस्था,  आवाज नियन्त्रण सम्बन्धी व्यबस्था, ईलेक्ट्रिकल सेफ्टी आदी मर्मत गर्नु पर्ने र यी सबै प्लानिङ मिट गरिसके पछि मात्र प्लेस अफ वर्सिप र प्लेस अफ एसेम्बलीको स्विकृत दिने बताउनु भयो। अहिलेको अवस्थामा समुदाएबाट सबैले सकेको आर्थीक सहयोग जुटाउनु प्राथमिकतामा रहेको र समुदाएलाई यस महान कार्यमा सहभागीता जनाइ सहयोग गर्न अनुरोध गर्नु भयो। 

दिदीबहिनी समाज भिक्टोरीया वेस्ट युनिटकी युनीट कोअडीनेर रोशनी श्रेष्ठले वेस्ट युनिट कमिटीका दिदीबहिनीहरुले साना बाल बच्चाहरुलाई घरमा छोडेर आफ्नो व्यस्त दैनिकीको बाबजूद  समय निकालेर कला, सँस्कृती र चाडबाढको जगेर्ना र उत्थान अनि दोश्रो पुस्तालाई चिनाउने कार्यमा दिनु भएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नु भयो।

कमिटीले देउसी र भैलो खेलेर एन्ट्रीबाट $३००, रिभरवाक पार्कबाट $११६१ अनि दिदीबहिनी समाज भिक्टोरीया अभिभावक समूहबाट $३१७ गरेर जम्मा $१८६६ डलर सङ्कलन गरेको थियो।सो रकम मध्य ७०५ डलर नेपाली बिधालयलाई सहयोग गर्ने छ। एक जनाले १०१ डलर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन ।

देउसी भैलो कार्यक्रममा दिदी बहिनी समाजकी अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष प्रभा श्रेष्ठ, कार्यकारी सदस्यहरु बर्षा केसी राजभण्डारी, कृष्ण प्याकुरेल, अन्जु श्रेष्ठ, विनीता खरेल, अनिता भण्डारी, पुजना खनाल, कन्चन थापा, रेटीना श्रेष्ठ राजकर्णीकार, राज श्रेष्ठ, दिदीबहिनी समाज वेस्ट अभिभावक समुहका अध्यक्ष, लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ लगाएत मेल्बर्न वेस्ट समुदाएबाट करिव ६० भन्दा माथीको सङ्ख्यामा मानिसहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा कमिटीको तर्फबाट भैलीनी गीत र भैलीनी नृत्य प्रस्तुत गरिएको थियो। कमल प्याकुरेलले रच्नु भएका देउसीरे भाकामा केही बेर देउसीरे खेलेर खेलेर रमाइलो गरिएको थियो।

नेपाली कला, संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले गठन गरिएको अष्ट्रेलियन नेपाली बहुसाँस्कृतिक केन्द्रले भिक्टोरियामा पशुपतिनाथ मन्दिर र बौध्द गुम्बासहितको बहुसांस्कृतिक केन्द्र बनाउन मेलवर्नको उत्तर पश्चिमी भेग डिगर्स रेस्ट भन्ने ठाऊँमा १५ एकड (करिब ६०,७०० बर्ग मिटर  वा १२० रोपनी बराबर) जग्गा खरिद गरेको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

Manoj Poudyal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

Manoj Poudyal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

Manoj Poudyal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

Manoj Poudyal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349