भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १०६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ८४ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ४७ हजार ७ सय ९४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय ७ रहेको छ ।
त्यसैगरी हालसम्म ८० हजार ७ सय ७० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार २ सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४७ लाख १५ हजार ३ सय ६४ पुगेको छ ।