नेपालको मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी मेल्वर्नमा पनि सुरुआत भएको छ । मेल्वर्नको एडवर्ड लेक पार्क रिजर्भवेरमा आगामी १० नोभेम्बर र ११ नोभेम्बरका दिन मधेशी कम्यूनिटि इन भिक्टोरीयाले विगत आठ वर्षदेखि निरन्तर मनाउँदै आएको छठ पर्व यो बर्ष भने भर्चुअल र अनसाइट उत्सवको रुपमा हर्षोल्लासका साथ मनाउँने भएको छ। दुई चरणमा १० नोभेम्बर बुधबार साँझ ४:३० देखी ८:३० बजे सम्म अस्ताउँदो सूर्यलाई पूजा गरेर भोलिपल्ट ११ नोभेम्बर बिहीबार बिहान ५:३० बजे देखि ८:३० बजे सम्म उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्दै छठ पर्व मनाउने तयारीमा एमसिभी जुटेको छ।
हालको अवस्थामा अधिकतम ३० जना व्यक्तिहरुलाई मात्र छठ पर्व मनाउन अनुमति दिइएको छ। यद्यपि, सरकारले लागु गरेका दिशानिर्देशहरू परिवर्तन भइरहेको र सीमाको लागि समीक्षा गर्न गरिएको अनुरोध विचाराधीन अवस्थामा रहेको छ। तसर्थ, यदि व्यक्तिगत रूपमा कार्यक्रममा उपस्थित हुन नसकेको अवस्थामा कम्युनिटीले भर्चुअल माध्यमबाट पनि यो कार्यक्रममा सहभागीता जनाउन प्रावधान मिलाउने भएको छ।
प्रत्यक्ष लाईभ प्रशारणमा जोडीन यो लिङ्कमा क्लिक गर्नसक्नु हुनेछ।
Chhath2021: Evening Celebration (Online)
Date & Time: Wednesday, November 10, 2021 (6:15 – 7:30 pm)
Meeting ID: 849 7359 6274
Passcode: 056997
https://us02web.zoom.us/j/84973596274?pwd=OHdiVG1iTllqcVphTVBia1Z3S1prQT09
Chhath2021: Morning Celebration (Online)
5:30 – 7:30am Thursday, November 11, 2021
Meeting ID: 828 7876 7654
Passcode: 328710
https://us02web.zoom.us/j/82878767654?pwd=SlFsdHVUY1ZtR3k1cnJmMWR4RER3UT09
कोरोना महामारी र त्यस पछिको बद्लिदो परिस्थितीले गएको बर्ष सामुहिक रुपमा मनाउन सम्भव नभएपछि भर्चुअल रुपमा मनाइएको छठ पर्व यो बर्ष भने भिक्टोरीया राज्य सरकार स्वास्थ्य बिभागले जारी गरेको कोभीड सेफको नियमलाई पालना गर्दै सिमीत सदस्यहरुको उपस्थितीमा मनाउन लागिएको एमसिभीका अध्यक्ष डा. सुरेन्द्र रौनियारले जानकारी गराउनु भएको छ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपालका तर्फबाट भिक्टोरीयाका लागि अबैतानिक राजदूत चन्द्र योन्जन, SAFCOL कोअडिनेटर मनोज कुमार, एएनएमसीका अध्यक्ष राजेश आचार्य, फेन्काबाट राजु अधिकारी, न्याभका अध्यक्ष राम गुरुङ, एनआरएनए भिक्टोरीया कोअडीनेटर हरि खड्का लगाएत भिक्टोरीयामा रहेका बिभीन्न सँघ सँस्थाका पदाधिकारीहरुको साथ सहयोग र उपस्थितीमा हर्षोलासमयका साथ मनाइदै छ भने कोभीड भ्याक्सिन सम्बन्धि बिशेष जानकारीमुलक सत्र गरिने आयोजकले जनाएको छ।
मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. रौनियारका अनुसार यसवर्ष छठ पर्वको संयोजक गोपाल शाह रहेको बताउनु भएको छ भने हरेक बर्ष छट पर्वको लोकप्रीयता बढेसँगै छठ पर्व मान्ने र अवलोकन गर्न आउनेको सङ्ख्यापनि बढ्नेमा बिश्वस्त रहेको बताउनु भयो तर कोभीड सेफको नियम अनुसार धेरैले प्रत्यक्ष सहभागीता भएर छठ पर्व अवलोकन गर्न भने सम्भव नभएको जानकारी गराउनु भयो ।
समुदाए बिस्तारै बाक्लिदै गएको छ। बिदेशमा जन्मेका वा हुर्किएका दोश्रो पुस्तालाई यस्ता मौलीकता र मान्याता बोकेका चाढ पर्वको बारे थाहा दिनु नितान्त आवस्यक रहेको छ। एक बिशेष समुदायमा मात्र सिमीत नभएर यस्ता पर्वको महत्व र धार्मिक आस्थाको बारेमा अरु समुदायलाई चिनाउनु पनि यस्ता पर्वले प्रमुख भुमीका खेल्छ।
यमपञ्पकको अन्तिम दिन मंगलबार आफ्नो गाउँटोलमा बनाईएको गोवर्धन पर्वतलाई सूर्य उदाउनुभन्दा पहिले सामुहिक रुपमा भोजपुरी भाषाका पारम्परीक गीत गाएर विधिवत पुजा गर्दै सम्पन्न गरेसँगै छठ शुरु हुन्छ ।छठलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ ।
कठिन ब्रतको रुपमा मानिएको छठमा हरेक सामाग्री शुद्ध र चोखो चाहिने भएकाले महिलाहरु मुख्य परिकार ठेकुवा तथा प्रसाद बनाउनको लागि गोवर्धन पूजा सकिन साथ निराहार पवित्र तथा शुद्ध चुल्हो बनाउन पहेलो माटो ल्याउने गर्छन् । चुल्होको माटो तयार गरेपछि चामलको बिशेष परिकार पिठा खाने परम्परा छ ।
पिठासँगै खेतमै गहुँ हुनेले सोहि दिन गहुँ धोई सुकाई चोखो पार्ने गर्दछन् भने आफ्नो खेतमा नहुनले बजारबाट भएपनि गहुँ ल्याउने गर्छन् ।
परिवारका सदस्यलाई बाहिरी दोषबाट जोगाउन पैजाको दियोले गाजल तयार गरी परिवारको सदस्यलाई लगादिने परम्परा छ । फलफुल र बजडि (सानो केराउ) सिन्दुर लगायतका पुजाका सामाग्री चढाएर सामुहिक पूजा सम्पन्न गरी पर्वतको आकृतिमाथि राखीएको माटोको भाडोलाई हलो अथवा काठले फुटाउछन् । सामुहिक पूजा सकिनासाथ महिलाहरु प्रसाद स्वरुप बजडि (केराउ) खाने गर्दछन् ।
छठपूजामा छठी मातालाई चढाउने मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भेली र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, गागल, मुला, अदुवाको बोटलगायतका फलफूल र हरियो तरकारीहरु हुन् ।
प्रसादको रुपमा ग्रहण गरिएको केराउ बिना चपाई खाए भाईको आयु लामो हुने बिश्वास रहेको छ । जसलाई भैया दुज तथा बजडि खुवाउनु पनि भनिन्छ । पुजाको विधि सकिनासाथ महिलाहरु सौभाग्यको कामना गर्दै एक अर्कालाई भोजपुरी संस्कृति अनुसार पिपा सिन्दुर लगाउदै छठ पर्वको शुभकामना दिन्छन् । यसरी सिन्दुर लगाएर छठ गर्ने ब्रतालु महिलाहरु खुल्ला ठाउँमा लस्करै उभेर छठ पर्वको पारम्पिरीक गित गाएर सूर्य देवताको अराधना गर्छन् ।
छठ ब्रतको सुरुवात
महाभारतका अनुसार द्रौपतिसहित पाण्डवहरुले अज्ञात बासमा रहँदा सो गुप्तबास सफलहोस् भनी सूर्यदेवको आराधना गरेको तथा सोही समयदेखि सत्ती अनुसुईयाले पनि पहिलो पटक पर्व मनाएपछि यसको परम्पराको थालनी शुरु भएको कथन सूर्य पुराणमा उल्लेख रहेको छ ।
छठ पुजालाई भिक्टोरीयन मल्चिकल्चरल कमिसनको सहयोग प्राप्त भएको छ भने मुख्य प्रायोजक प्रोफेसनल एजुकेसन कन्सल्ट्यान्सी रहेको छ।अन्य सहयोगी प्रायोजकहरुमा ग्रान्डभ्यु होम्स, सफाएर इस्टेट एजेन्ट्स, द थोनबरी थिएटर, आरजीआइटी, नमस्ते रेमीट,अल्नीमेट इन्सटिच्युट अफ अस्ट्रेलिया, डाँफे कन्सल्टीङ, बेटर च्वाइस, न्यु कन्सेप्ट फाइनान्स, एक्सेल ग्लोबल सर्भिस, आरएफएम, स्पाइस मिक्स, लालीगुराँस ग्रोसरी, एक्सपर्ट एजुकेसन्, सेन्ट्रल अस्ट्रेलीयन कलेज, काठमाण्डौ प्रोपर्टीज, मुस्ताङ प्यालेस, मल्टी डाइनामिक, एपीबी पाट्नर्स, ग्रेस ईन्टरनेस्नल, एभरेस्ट प्रोपर्टी एण्ड फाइनान्स, बुद्ध ट्राभल, अस्ट्रेलीयन नेस्नल एकेडेमी अफ एजुकेसन आदी रहेका छन्।