भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप ११७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ८३ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ५६ हजार ६ सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार ४ सय १३ रहेको छ ।
त्यसैगरी हालसम्म ७८ हजार ८७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ९ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४६ लाख ९५ हजार ७ सय २१ पुगेको छ ।