तपाई हामी जस्तै धेरै ठुलो सपना बुनेर एउटा मध्यपश्चिम नेपाल तनहुँका एक युवा अस्ट्रलीया होमीन्छन्। पढाईलाई निरन्तरता दिदाँ दिदै उसलाई पनि कामको तनाबले सताई रहन्छ। अझ त्यो बेला आज भन्दा करिब ६ बर्ष अगाडी त आफुले खोजेर काम पाउने त्यस्तै हो कसैलाई लौन भन्देउ न भन्न पनि गार्हो थियो।नेपालीहरु त्यति धेरै पनि थिएनन्। ढाँटेको होईन त्यो बेला आउने जो कोहीले पनि काम पाउनु भनेको फलामकै चिउरा चपाएर खानु जस्तै नै थियो। न त आज भोलीको फेसबुक जस्तो सामाजिक सन्जालनै थियो।न त बिज्ञापन कहाँ हेर्ने,कसरि हेर्ने भनेर सिकाउँथ्यो।केबल रेजुमे बनाएर सहरका व्यस्त रेस्टुरेन्ट अनि क्याफेमा गएर रेजुमे दिनु भन्थे। त्यसरीनै हरेक रेस्टुरेन्ट र क्याफेमा रेजुमे दिदै महिनौ बित्थे।
साँच्चै भन्नु पर्दा आजभोली आएका बिधार्थी भाईबहिनी एक किसीमले लक्कीनै भन्नु पर्छ।उनीहरुलाई कमसेकम राय सल्साह दिने मान्छे त छन्।काम खोज्ने उपायहरु भन्दिने त छन्। धेरैको पुराना रैथानेहरुसँग लिङ्क हुन्छ।ईन्टरनेटको सहि उपयोग गर्न जानेका हुन्छन्। बिभीन्न पेजहरु मार्फत कामको जानकारी पनि पाईनै रहेका हुन्छन्।
दिन बित्दै जाँदा क्याफेमा किचन ह्यान्डको कामबाट जिन्दगीको पहिलो काम शुरुवात गर्यो। हामी सरदर नेपालीलाई किचनह्यान्ड काम अलिक गार्होनै हुन्छ किनकी घरमा खाएको थालपनि नधुने अक्सर हामी। बिस्तारै बानी बस्दै गयो।कसरी छिटो र छरीतो काम गर्ने सिक्दै गयो। यहाँ काम पाउनलाई आफु चाँही एकदम छिटो र फुर्तीलो हुनु पर्ने रहेछ साहुले त्यसै मन पराउँछन् भन्ने कुरा पनि सिक्दै गयो।दिउँसोको कलेज अनि साँझको काम।अक्सर बिधार्थीको दैनिकीनै यस्तै थियो। कहिले काँही ब्रेक हुन्थ्यो काम र कलेजबाट अनि थकाई मार्न मेल्बोर्नको मुटुमा रहेको फडरेसन स्कायर,सबै नेपालीले मेल्बोर्नको रत्नपार्क भन्थे। त्यहाँ जान्थे अनि सबै साथीहरु भेट हुन्थ्यो। कामबाट थकाई मार्ने देखि कामको खोजीमा भौतारी रहेकाहरुसँग भेट हुन्थ्यो।
यसरि अस्ट्रलियन जिन्दगी चलि रहेको थियो। श्याम(नाम परिबर्तन)लाई कुनै शिप मुलक तालीम सिक्यौ भन्ने ईच्छा धेरै पहिला देखी आई रहेको थियो तर बिडम्बना पैसाको अभावमा सिक्न सकि रहेको थिएन। जब केही पैसा कामबाट आउन थाल्यो अनि ठुला ठुला घरको छट देखी झ्यालहरु सफा गर्ने तालीम लिन मन लाग्यो। यो तालिम नलिकन काम नपाईने थियो तर सुनेको थियो पैसा चाँही राम्रो हुन्छ भनेर। तालिम सके पछि यसो अनलाईनमा गएर त्यहि सम्बन्धित काम गर्ने कम्पनीहरुमा आफ्नो अनुभव र योग्यताको साथमा रेजुमे पठाउँथ्यो।ठुला ठुला घरका छत सफा गर्नु पर्ने एउटा रोपको भरमा झ्यालहरु सफा गर्नुपर्ने। अलिक बढि रिक्स थियो तर साबधानी अप्नाई गरेमा खासै रिक्स केही पनि थिएन। बिस्तारै हप्ताको एक दिन भएपनि काम पायो। सिक्नलाई एकदम सजिलो भयो। त्यसपछि बिस्तारै लिङ्क पनि बढ्दै गयो। यहाँ सबै भन्दा ठुलो काम रहेछ, काम मन पर्यो भने सधै त्यहि मान्छे खोज्ने रहेछ। बिस्तारै काम बढ्दै गयो। पैसा पनि राम्रै हुँदै गयो।
यति सम्म आई पुग्दा कलेजको पढाई पनि सकि सकेको थियो। आफ्नो काम प्रतीको लघाब र मेहीनेतले धेरै राम्रा कम्पनीहरुसँग नजिक रहेर काम गर्ने अनि सिक्ने मौका मिल्दै गयो। अन्ततह: धेरै सङ्घर्ष र लामो प्रतीक्षा पछि हिमालयज क्लिनीङ कम्पनीको नाम दिएर आफ्नो कम्पनी दर्ता गराए। क्रमैसँग उसका ग्राहकहरु धेरै भईसकेका थिए।प्राय अस्ट्रेलीयन ग्राहक थिए उसँग। आफ्नो कम्पनी दर्ता गरि सकेको भएर सबै आफ्ना पुराना ग्राहकहरुलाई मेल मार्फत सुचना दिन शुरु गरे।सबैले पहिलाको काम हेरेर उसैलाई कामको जिम्मेवारी दिन्थे।कामको लागि उपकरणहरु पनि क्रमैसँग जोड्दै गए।
कामको लोड बढ्दै जाँदा जनशक्ति पनि चाहिने हुन थाल्यो।हाल उसँग नेपाली र अस्ट्रलियन गरेर चारजना कामदारहरु रहेका छन्। अव बिस्तारै यस कम्पनीलाई अरु स्टेटमा पनि चलाउने तयारी गरिरहेका श्याम सफल व्यबसायीको रुपमा आफ्नो नाम राख्न हरतरहले मेहीनेत गर्दै छन्। आज मेल्बोर्नमा हिमालयन क्लिनीङ कम्पनीको नामले उ चिरपरिचीत छ।
त्यसैले काम भनेको सानो र ठुलो कहिल्यै नहुने रहेछ यो ठाउँमा। हाम्रो मानसिकता मात्र खराब रहेछ कामलाई बर्गीकरण गर्दै यो उच्च स्तरको अनि त्यो निम्न स्तरको भनेर दाँज्ने। यहाँ कामलाई सम्मान गर्छन। हाम्रो देशमा पनि अव मानिसले आफ्नो मानसिक्तामा परिवर्तन गरे पक्कै पनि देशमा केही परिबर्तन हुने थियो। आज श्याम एक सक्षम् र मेहीनेती उद्दमी भएर मेल्बोर्नको वल्लो कुना देखि पल्लो कुनासम्म स्फुर्त रुपले आफ्नै कामलाई अगाडी बढाएर बसेको छ।
लेखकः मनोज पौड्याल