भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै बार्ह बर्ष माथी उमेर समूहका ८२ प्रतिशत भिक्टोरीयनहरुले खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ६६ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ९ सय ५२ रहेको छ ।
त्यसैगरी हालसम्म ७४ हजार ५ सय १४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १४ हजार २ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४६ लाख ६६ हजार ६ सय २१ पुगेको छ ।