eNepal

एनआरएनए भिक्टोरियाद्वारा समुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएनए भिक्टोरियाले आफ्नो पहिलो औपचारिक कार्यक्रम सम्पन्न गरेको छ। समुदायसँग अन्तरक्रिया गर्दै एनआरएनए भिक्टोरियाले आफ्नो कार्यकालको औपचारिक शुरूवात गरेको हो।

भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिज्यदुत चन्द्र योन्जोन, जनसम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष बिनित राज शर्मा, दिदीबहिनी समाज  भिक्टोरियाकी अध्यक्ष जमुना पराजुली, साउथ एसियन कम्युनिटी लिङ्क ग्रुप (SACLG) का अध्यक्ष डॉक्टर राजु अधिकारी, न्याभका अध्यक्ष राम गुरुंग, एएनएमसीका संस्थापक अध्यक्ष रंजन बैध, बर्तमान अध्यक्ष राजेश आचार्य, फेडरेसन अफ नेप्लिज एसोसिएसन अष्ट्रेलिया (FENCA) उपाध्यक्ष बम योंजन, अष्ट्रेलिया नेपाल पव्लिक लिङक (ANPL)का अध्यक्ष  निराजन गौली, मधेसी समुदाए भिक्टोरियाका अध्यक्ष डॉक्टर सुरेंद्र रौनियार, एनआरएन संरक्षक जोग लिम्बु, प्रवासी नेपाली मण्च भिक्टोरीया संयोजक समीर पन्त, प्रवासी नेपाली मण्च एकीकृत उपसंयोजक प्रकाश सेडाई, जनसम्पर्क समिती अष्ट्रेलिया संस्थापक अध्यक्ष दुर्गा आचार्य, ग्रेटर जिलोङ नेपाली समुदाए अध्यक्ष डॉक्टर संतोष पाण्डे, एनआरएनए भिक्टोरीयाका पूर्व संयोजक ऋषि कंडेल, एनआरएनए अष्ट्रेलिया निवर्तमान अध्यक्ष केशव कडेल, एनआरएनए आइसिसि सदस्य प्रेम कँडेल, आइसिसी सदस्य नारायण काफ्ले, सामाजिक अभियान्ता दीपा राई लगाएत करिब ५० जना सहभागी रहेको उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काले गर्नु भएको थियो भने कार्यक्रम संचालन एनआरएनए भिक्टोरियाका सचिव गणेश कँडेल र नारी निकुण्ज भिक्टोरीया उपसंयोजक राशी सिंह ठकुरीले संयुक्त रुपमा गर्नु भएको थियो भने प्राविधीक एनआरएर भिक्टोरीया युवा सदस्य गौरव सुनारले सहयोग गर्नु भएको थियो।

कार्यक्रमको सुरूवातमा एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काले सबै सहभागीहरूलाई स्वागत तथा कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो।

सहभागिहरूले कार्यक्रमको मुक्तकंठले प्रशंसा गरेका थिए। सहभागिहरूले एनआरएनए भिक्टोरियाको निर्विरोध निर्वाचित टिमलाई बधाई दिनुको साथै सबै सामुदायीक सँस्थाहरु संग हातेमालो गर्दै अघि बड्न सुझाएका थिए। एनआरएनएले बिशेष गरेर समुदायिक सँस्थासंग सहयोग र समन्वय गरेर काम गर्न, कार्यक्रम डुप्लिकेसन हटाउन पहल गर्न, एनआरएनए सदस्यता पारदर्शी बनाउन, अस्ट्रेलीयामा जन्मिएर हुर्किदै गरेका दोश्रो पुस्ताका नेपालीहरुको सहभागिता बढाउन, अष्ट्रेलियाको मूलधारको राजनीति र पोलीसी लेभलमा नेपालीको पहुँच बढाऊने कुरामा लबिङ गर्न, सामुदायिक अनुदानको खोजी र प्रयोग गर्न, नेपाल र नेपालीको बृहत्तर हित हुने कार्यक्रम गर्न सल्लाह दिएका थिए। 

एनआरएनए भिक्टोरीयाका संयोजक हरि खड्का र एनआरएन अस्ट्रेसीयाका अध्यक्ष नन्दु गुरुंग दुबैले सहभागिहरुको सुझावलाई आत्मसात गर्दै आगामी दिनमा अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349