eNepal

अस्ट्रेलीयाको बिभीन्न राज्यमा यो बर्षको लक्ष्मी पूजा र भाईटिकाको साइत यस्तो छ

यस वर्षको भाइटीकाको साइत मेल्बर्नको समय अनुसार ६ नोभेम्बर शनिवार बिहान ११:३६ मा रहेको नेपाल हिन्दु समाज अस्ट्रेलीयाले जनाएको छ। त्यस्तै लक्ष्मी पूजाको साइत बिहीबार साँझ ८:५२ मा रहेको छ।

सिड्नीमा भाई टिकाको साइत बिहान ११:५१, ब्रिसबेनमा ११:२३, एडीलेडमा बिहान ११:५६, क्यान्बेरामा ११:५३, तास्मानियामा ११:२७, पर्थमा १२:१० र डार्विनमा १२:०५ मा रहेको छ। त्यस्तै सिड्नीमा लक्ष्मी पूजाको साईत साँझ ८:१८, ब्रिसबेनमा ०८:०८, एडीलेडमा ०८:४१, क्यान्बेरामा ०८: २९, तास्मानियामा ०८:५५, पर्थमा ०७:३६ र डार्विनमा ०७:३४ मा रहेको छ।

बुधबारबाट यमपञ्चक शुरु हुँदैछ ।  नोभेम्बर २, कार्तिक १६ गते, मंगलवार  यमदीपदान, धनत्रयोदशी  (धन्तेरस), धन्वन्तरी जयन्ती रहेको छ। नोभेम्बर ३, बुधवार –  काकबली (काग तिहार) कुकुरतिहार नरकचतुर्दशी रहेको छ । 

त्यस्तै,  नोभेम्बर ४, विहिवार लक्ष्मीपूजा, दीपमालिका,  सुखरात्रि, नोभेम्बर ५ शुक्रवार गोबर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने सं ११४२  प्रारम्भ हुने दिन रहेको छ भने नोभेम्बर ६ शनिवार यमद्वितीया भाइटीका ,किजापूजा रहेको छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349