eNepal

साउथ अस्ट्रेलियामा नवलपुरेहरुको भेला सम्पन्न, “नवलपुर समाज गठन

एडिलेड, साउथ अस्ट्रेलिया 

१ नोभेम्बर २०२१

गएको ३० सेप्टेम्बर २०२१, शनिबारका दिन अस्ट्रेलियाको साउथ अस्ट्रेलिया राज्यमा बसोबास गर्ने नवलपुर जिल्ला नेपाल मुल घर भएका करीब ६० घरघुरीका  ९० देखि १०० जनाको उपस्थितिका बीच “नवलपुर समाज साउथ अस्ट्रेलिया” नामक सामाजिक संस्था गठन भएको छ । 

हाम्रा चाडबाड “दशै, तीहार, छठ, नेपाल सम्बत, ल्योसारको शेरेफेरो पारी यी सबै चाडपर्वको “शुभकामना आदान प्रदान तथा बार्बीक्यु” नाम दिएर बोलाइएको यस कार्यक्रमलाई उपस्थित हुने व्यक्तिहरु को उपस्थिती समय तालिकालाई मध्यनजर गर्दै अनौपचारिक रुपमै भएपनी  कार्यक्रमलाई दिउँसोको २ बजे र ४ बजे हुनेगरी “परिचय,शुभकामना तथा अन्य छलफल” को विषय बनाएर दुई चरणमा सन्चालन गरिएको थियो । 

प्रथम चरणको कार्यक्रम नेपालमा गैंडाकोट १ घर भई, विगत ७ वर्ष देखि एडलेडमा रहदै आउनु भएका निडर र स्पष्ट वक्ताका रुपमा चिनिनुहुने सामाजिक व्यक्तित्व अर्जुन लम्सालले सन्चालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम गिरुबारी, मध्यबिन्दुका अर्का सामाजिक व्यक्तित्व हेम खनालले सन्चालन गर्नुभएको थियो ।

पहिलो चरणको कार्यक्रममा शुभकामना दिने क्रममा उपस्थित व्यक्तित्वहरु र आयोजक कमीटीका शंकर भट्टराई, देबेन्द्र खरेल, प्रकाश गैरे, अशोक केशी र हेम खनालले शुभकामना तथा नवलपुर समाजको संस्थागतरुपको अपरिहार्यताका बारेमा आफ्ना मन्तव्य राख्नुभयो भने, यही बिषय लाई माद्यम बनाउदै, प्रथम चरणको कार्यक्रम लाई अन्त्य गर्ने क्रममा अर्जुन लम्सालले सामाजीक सहयोग भनेपछी सिद्धान्त, वाद, जाती धर्म केही नभनी संधै सबैभन्दा अगाडी उभीन मन पराउने गैडाकोट ४ का बिष्णु तिवारी र अस्ट्रेलिया प्रवेश गरेदेखी नै आफू बिद्यार्थी हुँदै देखी, विद्यार्थी वा नेपाली हिताय, अग्र स्थानमा रहेर कर्म गरिरहेका, रजहरका प्रकाश गैरेलाई यस नवगठित समिति मा क्रमशः अध्यक्ष र सचीव पदको लागि उपयुक्त व्यक्ती ठान्दछु र उहाँहरु लाई म प्रस्ताव गर्दछु”  भन्दा नभन्दै, सम्पुर्ण उपस्थित व्यक्तिहरुको “पररर” ताली र हाम्रो समर्थन छ भन्ने सबैको एकै ध्वनी सहीत पहिलो चरणको कार्यक्रमको अन्त्य भएको थियो ।

यसैगरि दोस्रो चरणको कार्यक्रम हेम खनालले सन्चाल्न गर्दै, अब कार्यसमिति बिस्तारगर्दा कार्यसमितिले सकेसम्म सबै क्षेत्र को प्रतिनिधित्व होस भन्ने तर्फ ध्यान दिओस भन्दै, सबैको शुभकामना र मन्तब्य लिदै दोस्रो चरणको कार्यक्रम अन्त्य गर्नुभएको थियो ।

यसै क्रममा आयोजक कमिटी सदस्य शंकर भट्टराईले नेपालको नवलपुर जिल्लाबाट साउथ अस्ट्रेलियाको बसाइँसराइ गरि विभिन्न्न उद्देश्य सहीत, रहदै आउनुभएका सबै नवलपुरबासीलाई एउटै छाता मुनि समेट्ने हेतुले मैले केही समय पहिला फेस्बुक ग्रुप बनाएको र यहाँ बसोबास गर्ने पुराना नवलपुरेसँग सल्लाह गर्दै जाने क्रममा अगाडि बढदै जादा हाल आएर त्यसले संस्थागत रुप नै लिएकोमा आफू सार्है हर्षीत भएको कुरा प्रकट गर्नुभयो ।

आयोजक मध्येका अर्का वक्ता देबेद्र खरेलले यो संस्थाले ठूलो उचाइ लिनेछ भन्नेमा म यसकारण बिस्वस्त छु कि, यसको स्थापनामा र यस सस्थामा लागेका व्यक्तीहरु विगत र हाल पनि राम्रा र सफल सस्थासँग आबद्द रहेका र ती सस्थाहरुलाई एउटा उचाइ सम्म पुर्याइ सकेको कुरा आफुले नै अनुभव गरिसकेका ले, ती अग्रजहरु को त्यो अनुभव र त्यो इच्छाशक्ति ले यहाँ पनि अवस्य काम गर्ने छ र यो सस्थाले पनि त्यो उचाइ लिनेछ भन्नेमा म पुर्णरुपमा बिश्वस्थ भएको छु भन्नुभयो ।

यसैगरी एनआरएनएको अभियानमा, State, National हुँदै हाल ICC सदस्य समेत रहनु भएका अर्का ब्यक्तित्व अशोक नेपाली केसीले एउटै जिल्लाबाट भएर पनि विदेशमा आईसकेपछी आफ्नै काममा व्यस्त रहने, त्यही व्यस्त जिवनबाट केही समय निकालेर समान्य चिनजान, र समाजलाई भलाई हुने केही कार्यक्रम लिएर आउन सकिने ठानेर यो संस्थालाई मुर्तरुप  दिन लागेका कुरा सबैलाई प्रस्ट पार्नु भयो । 

नवगठित समितिका अध्यक्ष बिष्णु तिवारी र सचीव प्रकाश गैरेलाई यस सस्थाको कार्यक्षेत्र र उद्देश्यका बारेमा प्रकाश पार्दै यहाँ बसोबास गर्ने नवलपुरेलाई सहयोग गर्ने पहिलो प्राथमिकता रहेको र त्यसपछी नवलपुरलाई सहयोग गर्नुका साथ साथै नेपाली समाजलाई सहयोग गर्ने बताउनु भयो । तर, सर्वप्रथम हामीहरु कार्यसमितिलाई पुर्णता दिन्छौ, अनि त्यहीँ समीतीले कार्ययोजना तय गरेर सार्वजनिक गर्नेछ भन्दै कार्यक्रम अन्त भएको घोषणा गरिएको थियो ।

उक्त भेलाको सर्वसम्मतबाट बनेको कार्यसमिति यसप्रकार रहेको छ ।

अध्यक्ष: श्री विस्णु तिवारी गैंडाकोट -४ नवलपुर

सचीव: श्री प्रकाश गैरे – देवचुली १७

कोषाध्यक्ष: सम्झना बराल सापकोटा-(गैंडाकोट-१ )

उपसचिव: भिम गिरी(डण्डा, नवलपुर)

Related posts

एक दिनको अवधिमा सम्रग नेपाललाई प्रतिनिधित्व गराउने महोत्सव हो नेपाल फेस्टिभल: ऋषि कँडेल

Manoj Poudyal

कला भिक्टोरीयाले रक्षा वन्धन एवम् जनै पुर्णिमा मनाउँदै

Manoj Poudyal

नेपाल फेस्टीभल पछिल्लो पुस्तालाई नेपाल चिनाउने एउटा उत्सवको रुपमा मान्छु -समाजसेवी बम योन्जन

Manoj Poudyal

समाज र समूदायको साथमा छौं भन्नका लागि यो निर्णय गरेका हौं-इन्द्र गुरुङ्ग ब्लूबेरी रियलस्टेट

Manoj Poudyal

प्रत्यक्ष दोहोरीको साथ मेल्बर्नमा रम्झम साँझ हुँदै

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नको टास्कफोर्समा सबै अनुभवी व्यक्तिहरु हुनुहुन्छः सचिव गणेश कँडेल

Manoj Poudyal