भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १०३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै सोर्ह बर्ष माथी उमेर समूहका ८० प्रतिशतले भिक्टोरीयनहरु खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ५६ हजार ७ सय ६८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार १३ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ८० लाख ५ हजार ८३ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ६५ हजार ६ सय ८८ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २२ हजार ३ सय ६९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४५ लाख ९५ हजार ८ सय ४१ पुगेको छ ।