eNepal

सन्देशमुलक देउसी भैलो कार्यक्रम गर्दै गुल्मी समाज भिक्टोरीया

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले शुभ दिपावलीको अवसर पारेर देउसी भैलो कार्यक्रम सञ्चालन गर्न भएको छ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आउँदो सोमबार अर्थात नोभेम्बर १ तारिकमा एक दिने देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

देउसी भैलो कार्यक्रममा हाल अष्ट्रेलियाका विभिन्न स्थानहरुमा पेशा,व्यवसाय र रोजगारी गदै आउनु भएका नेपालीहरुको सहभागिता हुने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । विशेष गरि देउँसी भैलो कार्यक्रमले नेपालको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनमा सहयोग पुर्याउनुका साथै नँया पुस्तालाई कला संस्कृती सिको गर्न थप बल पुग्ने र नेपालीहरु एक आपसमा आपसी सद्भाव कायम राख्ने,तिहार पर्वको रमाइलो र दुःख सुख साटासाट गर्न थप बल पुग्ने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । साथै अध्यक्ष भट्टराईले भन्नुभयो, देउँसी भैलो कार्यक्रममा कोभिड १९ को सक्रंमणबाट बच्न र बचाउन खोप लगाउनु पर्ने कुराहरु देउँसी भैलोको गित मार्फत स्वास्थ्यसँग सम्वन्धित सन्देशमुलक देउसी भैलो कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

देउँसी भैलो कार्यक्रम अष्ट्रेलियाको मेलवर्नको पाम्स रेष्टुरेण्टमा सञ्चालन हुने जनाइएको छ ।देउसी भैलो कार्यक्रममा कलाकारहरु दिपक सापकोटा,लक्षमण सापकोटा,टंक कंडेल, हरि खरेल, लाल सिँह,दोर्ण केसी,रक्षा भण्डारी,सुवास घिमिरे लगायतको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका साँस्कृतिक कलाकारहरुको टोलीद्धारा देउसी भैलो प्रस्तुती रहने जनाएइको छ ।त्सस्तै देउसी भैलो कार्यक्रमलाई इनेपालका मनोज पौडेल र इलाइट इभेन्टले सहयोग पुर्याउनु भएको कार्यक्रम मेल्बर्नको समय अनुसार १ बजेबाट ४:३० बजेसम्म सञ्चालन हुने जनाएइको छ ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349