भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १३५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै सोर्ह बर्ष माथी उमेर समूहका ७९ प्रतिशतले भिक्टोरीयनहरु खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ६८ हजार ४ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २१ हजार ९५ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ३२ लाख १२ हजार ९९ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ६१ हजार ७ सय ३३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २२ हजार ४ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४५ लाख ७३ हजार ४ सय ४ पुगेको छ ।
हिजो साँझ ६ बजेदेखि भिक्टोरीया राज्यमा जारी गरीएका प्रतिबन्धहरू खुकुलो भएको छ।प्रतिबन्धहरू खुकुलो भएसँगै महिनौदेखि बन्द रहेका खुद्रा पसलहरू खुल्ने भएका छन् भने क्याफे, पव, रेस्टुरेन्टहरूमा ग्राहक बस्न सक्ने क्षमता बढेको छ।