भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १६५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै सोर्ह बर्ष माथी उमेर समूहका ७८ प्रतिशतले भिक्टोरीयनहरु खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ७०हजार १ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २३ हजार ७ सय ३० रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ३१ लाख ४१ हजार ९ सय १९ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ६१ हजार ६ सय ६३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २० हजार ३ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४५ लाख ५० हजार ९ सय १२ पुगेको छ ।