भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १९२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २५ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
त्यस्तै सोर्ह बर्ष माथी उमेर समूहका ७७ प्रतिशतले भिक्टोरीयनहरु खोपको दुबै मात्रा लगाएका छन्।
सोहि अवधि भर ८२ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार १ सय ८९ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड ३० लाख ५९ हजार २ सय ७१ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ५७ हजार ८ सय ६९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २१ हजार २ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४५ लाख ३० हजार ५ सय ७३ पुगेको छ ।