भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १५१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५५ हजार ६ सय ७९ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ७ सय १५ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २९ लाख २० हजार ३ सय ८२ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ५४ हजार २ सय ७३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २८ हजार २ सय ३२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४४ लाख ८४ हजार ९ सय ०२ पुगेको छ ।