भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ५६ हजार ९ सय ०५ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ८ सय ३१ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २८ लाख ६३ हजार ४ सय ७७ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ५२ हजार ७ सय २९ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २७ हजार ८ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४४ लाख ५६ हजार ३ सय ७६ पुगेको छ ।