भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६९ हजार ६ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ९ सय ९३ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २७ लाख २० हजार ९ सय ९५ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ५१ हजार ४३ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३९ हजार २ सय ५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४४ लाख २८ हजार ५ सय ६ पुगेको छ ।
लकडाउन हटेको तेस्रो दिन हिजो १७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ९ जनाको निधन भएको थियो। सोहि अवधि भर ७२ हजार ८ सय ५८ जनाको कोरोना परीक्षण गरिएको थियो भने सक्रिय संक्रमितको संख्या २३ हजार १ सय ६४ रहेको थियो।
त्यस्तै १६ बर्ष माथिको उमेर समुहका ७३ प्रतिशतले कोरोना बिरुद्धको खोपको दुवै मात्रा लगाएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।