सात समुन्द्रपारी रहेपनि नेपालीले आफनो चाडपर्व भने बढो हर्षोलासमयका साथ मनाउने गर्दै आएका छन्।झनै दशैं र तिहार जस्तो चार्ड प्रवासमा पनि धुमघामले मनाउछन् । दशैंमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाई तथा आफन्तहरुसंग एकआपसमा झमघट हुने अवसर यो बर्ष पनि भिक्टोरीयाका नेपालीले गर्न पाएनन्। भिक्टोरीयामा जारी लकडाउनको कारण घरकै परिवारमा मात्र सिमीत बन्यो यो बरिषको दशैं।अरु बेला कामले फुर्सद नपाउने नेपालीहरुले चाडपर्वमा भने कामबाट छुट्टी लिएर भएपनि घरकैपरिवारसँग टिका ग्रहण गरेर मनाइएको सामाजिक सन्जालमा राखिएको फोटोहरुबाट प्रस्ट हुन्थ्यो।
धेरैले टिका लगाउने साइतमा पनि लगाएको देखियो भने केहीले टिकाको दिनै भरी टिका लगाएको भेटीयो।
रजिस्टर्ड नर्सको रुपमा काम गर्दै आउनु भएकी सन्जिवनी दाहालले घरपरिवारसँग दशैं नमनाएको एक दशक भन्दा लामो भईसक्यो।बिगतका दशैंमा नजिकका हितैषीसँग एकआपसमा हाँसखेल ठट्टा अनि रमाइलो गर्दै दशैं मनाइन्थ्यो तर यसपाली जस्तो खल्लो दशैं कहिले लागेको थिएन।जन्मदिने आमाको हातबाट टिका नलगाएको १२ बर्ष पुगिसके पनि झ्यालैबाट देखिने पल्लाघरमा दुई दुईवटी आमाहरू हॅुदापनि टिका थाप्न जान पाईएन।संन्सारै रोएको बेला मन अमिलो हुनु स्वभाविक हो तर यो बेला परिवारको आवश्यकता धेरै महशुस हुने रैछ।यत्तिनै भन्न चाहन्छु कि कोरोनाले हामीलाई जिबन कसरी बॅाच्ने भनेर पाठ सिकायो तर अझै पनि सिंहले झम्टे जस्तो एक अर्कालाई झम्टनु भन्दा अरूलाई दु:ख नदिकन आफ्नो आत्मा खुशी पारेर बॅाकि जीवन बिताऊनु नै अहिलेको समयको माग हो।सके अरूलाई खुशी पारौं नसके दु:ख नदिऔं।यती छोटो जीवनमा आफुलाई नकारत्मक लागेका कुरा वा मानिसबाट टाढा बसौं ,सकारात्मक सोच राखौं। दंग परौं, खुशी हौं , मुसुक्क हॅासौ, एक दिनमा कमसेकम एउटा मानिसको मुहारमा हॅासो ल्याऔ।
ग्रेटर जिलोङ नेपाली समुदाय (GGNEC)ले GGNEC समुदाएका सदस्य, उनीहरुका परिवारका सदस्यहरु र साथीहरुसंग १ अक्टुबरको दिन ‘चङ्गा चेट कार्यक्रम’ संगै ‘दशैं महोत्सव २०२१’ मनाउने योजना बनाएको थियो। ग्रेटर जिलोंगमा वर्तमान कोभीड १९ प्रतिबन्धको कारण चङ्गा चैट कार्यक्रम स्थगित गरियो तर ग्रेटर जिलोङ क्षेत्रमा प्रतिबन्ध खुकुलो भएमा ‘चाँगा चेट’ कार्यक्रम नोभेम्बरमा तिहार/दीपावलीको पर्वको साथ मनाइने GGNEC संस्थापक अध्यक्ष डा. सन्तोष पाण्डेले बताउनु भयो।
जिलोङमा रहेका नेपाली समुदायले यो बर्षपनि कोभिड को महामारीको कारणले आफ्नो परिवारमा दशैं पर्व मनाएका छन्। अध्यक्ष डा. पाण्डेले आफ्नो परिवारका सदस्यहरुमा देवी दुर्गाको पूजा गरेर, बडा दशमीमा टीका र जमरा लगाएर, अष्ट्रेलियामा बस्ने परिवारका सदस्यहरु र साथीहरुलाई भर्चुअल शुभकामना दिदै सेलरोटी र कार्ड खेलेर मनाएको बताउनु भयो। यस पटक दशैंको अधिकांश दिन घरबाट काम गरेको र प्रतिबन्धको कारण दशैं मनाउन कहीं नगएको बताउछन्।उनी आशा गर्दछन् कि महामारी चाँडै समाप्त हुन्छ, र मानिसहरु फेरी आफ्ना प्रियजनहरुसंग नेपालीहरुका विशेष चाडहरु मनाउन सक्षम हुनेछन्।
केही नेपालीहरुको आफन्त कोभीडको कारण निधन भएपछि दशैं खल्लो रहेको देखियो।केही महिना अघि ठुलोबुवाको दुखद निधन भएकाले मेल्बर्नमा बस्दै आएकी सुनीताको परिवारमा यो पाली दशैं छैन । अघिल्लो दुई वर्ष अगाडी स्वदेशमै गएर दशैं मनाएकी सुनीतालाई यो पल्टको दशैंले खासै रौनकता दिएन।यसपाली हामीलाई जुठो परेर खासै मनाउन पाइएन।
एनआरएनए भिक्टोरिया कोअडीनेटर हरि खड्काको दशैं गएको बर्ष जस्तै घरमै परिवारको बिचमा सिमीत रह्यो।घटस्थापनाको दिनबाट शुरु भएको दशैं दुर्गा देबी स्थापना गरि जमरा राख्दै छोराछोरीपनि प्रत्यक्ष सामेल गराई उनीहरुलाई आ आफना टपरीमा जमराको विउ राख्न लगाई दिनहुँ आफैले पानी राख्नु पर्ने शर्तमा दशैंको शुरुवात गरेको बताउनु भयो। सरकारी कोभीड नियन्त्रणको नियम पालना गरी यो दशैं नितान्त आफ्नो परिवारको साथमा सामाजिक सन्जाल र फोन मार्फत आफ्न्त, ईस्टमित्र र साथीभाईसँग शुभकामना आदनप्रदान गरीयो। पुस्तादेखि चली आएको र चलन अनुसार अस्टमीको दिन खसीको मासु ल्याएर चितवनको प्रख्यात खसीको तास, भुटन बनाएर खाँदै अनुकुल रहेमा नजिकका इस्टमित्रसँग छिट्टै रमाइलो गरौला भन्दै वाचा गरीयो।मेल्बर्नको टिकाको साइत अनुसार बिहान १०:३५ बजे आमाको हातबाट टिका ग्रहण गर्दै छोराछोरीलाई टिका लगाएर नेपालमा रहनु भएका वुवा आमा र अन्य मान्यजनहरुसँग फोनबाटै आशिर्वाद लियौ।अर्को बर्ष अवस्य पनि नेपाल जाने वाचा गरेको बताउनु भयो।
हामी अस्ट्रेलीया आएको पनि दुई वर्ष पुरा भएछ। गएको दशैं पनि लकडाउनको कारण घरमै मात्र सिमीत रहयो।यो बर्ष पनि घरमै सिमीत भयो।यहाँ आएर दुई दशैंहरु मनायौ । छोरी ज्वाईको साथमा मनाउन पाउँदा खुसी लागेको बताउनु हुन्छ झापा घर भएकी गौरीमायाँ आमा।सबै घरपरिवार नातागोता नेपालतिर भएकाले दशैं आउँदा अल्ली खल्लो जस्तो लाग्छ । नातीसँग यताउता गर्दा समय कटेको मेसै नपाइने भन्दै दशैंको बेलामा छोरी ज्वाईले कामबाट विदा लिएका थिए। एक आपसमा खुशीयाली गरेर मिठो बनाएर खादै दशै मनाएको बताउछिन् । नेपालमा जस्तै सिंगो खसी किनेर ल्यायौ । यहाँ पनि नेपालमा जस्तै खसी किन्न पाईदो रहेछ। सफाचैट गरेर घरमै डेलीभरी गर्दिए। बिभीन्न परिकार बनाएर खाइयो।कोही आउण नमिले पनि घरकै परिवार मिलेर टिका लगाइयो। नेपाल तिर फोनबाट टिका लगाएर आशिर्बाद दिएको बताउनु भयो।
पर्थबाट केही महिना अघि मात्रै मेल्बर्न आउनु भएको मोहन शाहीको यसपाली भने पहिलो पटक मेल्बर्नमा दशैं भएको छ ।सदाझै घटस्थापनाको दिनदेखि जमरा राखेर नवरात्रीको नियमति पूजा गरेको बताउनु हुन्छ । नेपालमा हुदाँ मठमन्दिर पुगेर पूजा गरिन्थयो। जुम मार्फत उता र यताको टिकाको साईत जुराएर आर्शिवाद आदानप्रदान गरेको बताउनु भयो।
जहाँ रहेपनि आफनो धर्म संस्कार र संस्कृती बिर्सन हुदैन भन्ने मान्यताले चाडपर्व मनाउन नेपालीहरु विदेशमा भए पनि उद्धत छन् ।