७० प्रतिशत भिक्टोरियनहरुले कोभीड बिरुद्दको दुबै खोप लगाएको प्रधानमन्त्री स्कट मोरिसनले पुष्टि गरेका छन्।
१६ बर्ष भन्दा माथिका ७०.५१ प्रतिशतले खोपको दुबै मात्रा लगाएको आज बिहानको सनराइज कार्यक्रम मार्फत जानकारी गराएका हुन्।
बिहीबार मध्यरातबाट भिक्टोरीया राज्यले प्रतिबन्ध हटाउँदै छैठौं लकडाउनको अन्त्य गर्दैछ।
भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप २२३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७९ हजार ५ सय ४४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ८ सय ८९ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २५ लाख ६४ हजार ४ सय १५ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ४७ हजार ४ सय ०७ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय २४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४३ लाख ११ हजार ४ सय ५४ पुगेको छ ।