eNepal

अस्ट्रेलीया सरकारको अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोभीड १९ खोप प्रमाणपत्र कसरी लिने?

यदि तपाइँ अस्ट्रेलीयाले अन्तर्राष्ट्रिय सिमाना खुलाए पछि विदेश यात्रा गर्न आतुर हुनुहुन्छ भने अब तपाइँले धेरै लामो प्रतिक्षा गर्नु पर्दैन। प्रतिबन्धहरु नोभेम्बरबाट कम गर्दै विदेश यात्राको लागी अस्ट्रेलीयन सरकारले सबै तयारी गर्दैछ।

तर तपाइँले कोभीड १९ बिरुद्ध खोप लगाइएको प्रमाण बिना विदेश यात्राको अवसर नपाउन सक्नु हुन्छ। धेरै देशहरूले यसलाई प्रवेशको आवश्यकता बनाएका छन् भने र क्वान्टास लगायत धेरै एयरलाइन्सले अन्तर्राष्ट्रिय यात्रुहरुलाई खोपको प्रमाण अनिवार्य बनाएका छन्।

अस्ट्रेलिया सरकारले हिजो मङ्गलबारबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोभीड १९ खोप प्रमाणपत्र ल्याएको छ जसले तपाईको अन्तर्रास्ट्रिय यात्रालाई सहज बनाउने छ।

यो प्रमाण पत्र निकाल्न के गर्ने, के के चाहिन्छ यसको बारे ध्यान दिउँ

यसको लागि तपाइँले MyGov खाता लग ईन गर्नु पर्ने हुन्छ र तपाईको साथमा पासपोर्ट हुनु पर्छ।

शुरुमा तपाइँले लगाएको खोपको बिवरण मेडिकेयरको माध्यमबाट तपाइँको MyGov खातासंग जोडीन आवश्यक छ। यदि तपाइँको मेडिकेयर खाता पहिले नै तपाइँको MyGov खाता संग जोडिएको छ भने, तपाइँको खोपको प्रमाणपत्र तपाइँले लगाएको दोस्रो खुराक प्राप्त गरे पछि MyGov खातामा उपलब्ध हुन्छ।

त्यसपछि MyGov को होमपेज मा “कोभीड १९ खोप को प्रमाण” मा क्लिक गरेर यो प्रमाणपत्र हेर्न सकिन्छ।

यसले तपाइँलाई मेडिकेयरको वेबसाइटमा लैजानेछ, जहाँ तपाइँले “Immunisation history” प्रमाणपत्र पाउनुहुनेछ।

त्यो प्रमाणपत्रमा तपाइँको नाम, जन्म मिति, एउटा पहिचान नम्बर, तपाइँको दोस्रो खोपको खुराक पाउनुभएको मिति र तपाइँले पाउनुभएको खोपको प्रकार हुन्छ।उक्त प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुँदैन। अव विदेश यात्राको लागी अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र लिनु पर्ने हुन्छ।

“अन्तर्राष्ट्रिय कोभिड -१९ खोप प्रमाणपत्र” “International COVID-19 Vaccination Certificate” को शीर्षक तलको सेक्सन मा जानुहोस् र “Request a Certificate” मा क्लिक गर्नुहोस्।

यदि तपाइँको मेडिकेयर खाता परिवारका अन्य सदस्यहरुसंग साझा गरीएको छ भने तपाइँ कुन व्यक्तिको लागी प्रमाणपत्रको लागी आवेदन दिदै हुनुहुन्छ त्यो छनौट गर्नको लागी सोधिनेछ।

त्यसपछि तपाइँको खोपको जानकारी देखिन्छ। त्यहाँ सोधिएको हुन्छ त्यहाँ भएको विवरण सही छ कि छैन भनेर।

अर्को चरणमा तपाइँले राहदानी विवरण राख्नु पर्ने हुन्छ।यसमा अस्ट्रेलियन पासपोर्ट वा विदेशी पासपोर्ट जे छ त्यसको बिवरण राख्न पर्छ।

अब भने तपाईले ध्यान दिन पर्ने कुरा तपाइँको पासपोर्ट नम्बरमा भएको पहिलो दुई अक्षरहरु (capitalised )पूंजीकृतनै हुनु पर्छ।साथै, तपाइँको नामको बिवरण तपाइँको मेडिकेयर खाताबाट स्वतः भरीएको हुनेछ।यदि तपाइँको मिडल नाम तपाइँको पासपोर्टमा छ भने तपाइँले यसलाई पूरा टाइप गर्न आवश्यक छ अन्यथा आवेदन अस्वीकार हुनेछ।

त्यसपछि तपाईले मामिला र यात्रा विभाग (DFAT) लाई पठाइनु भन्दा पहिले तपाइँको सबै विवरण सही छन् भनेर पुष्टि गर्न को लागी सोधिनेछ।त्यसपछि तपाइँको प्रमाण पत्र अनुरोध गर्न सक्नु हुनेछ।

यदि सबै कुरा सही ढंगले भर्नु भएको छ भने तपाईले अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्नु हुनेछ जसलाई डाउनलोड वा पीडीएफ ढाँचा मा तुरुन्तै छाप्नको लागी उपलब्ध हुन्छ।

यो प्रमाणपत्र अन्य प्रमाणपत्र भन्दा एकदम फरक देखिन्छ किन कि यसमा एक क्युआर कोड छ।

संघीय सरकारका अनुसार यो प्रमाणपत्र “भिजिबल डिजिटल सील” टेक्नोलोजीको प्रयोग गरी अष्ट्रेलियन पासपोर्टको रूपमा सुरक्षित बनाएको छ।

यो प्रमाणपत्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन द्वारा निर्दिष्ट अन्तर्राष्ट्रिय स्तरको विश्व स्वास्थ्य संगठनको मार्गदर्शन अनुरूप बनाइएको छ।

सरकारले जनाए अनुसार यो प्रमाणपत्र इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (IATA) ट्राभल पास सहित डिजिटल ट्राभल एप्ससंग काम गर्नेछ। हाललाई भने IATA यात्रा पास निमन्त्रणा द्वारा मात्र उपलब्ध छ र निमन्त्रणा पास तपाइँले उडान बुक गरे पछि सहभागी एयरलाइन्सबाट प्राप्त हुन्छ।

Related posts

तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप मेल्बर्न अल स्टार्सको पोल्टामा

Manoj Poudyal

दिदीबहिनी समाज सेपार्टन शाखाले तीज कार्यक्रम आयोजना गर्दै

Manoj Poudyal

मेल्बर्नमा पहिलो पटक बिधिपूर्बक जनैपूर्णिमा कार्यक्रम सम्पन्न

Manoj Poudyal

मेल्बर्नको हाम्रो कम्युनिटी बिधीवत् रुपमा सँस्थागत, प्रकाश अर्याल अध्यक्षमा चयन

Manoj Poudyal

न्याभको नयाँ कार्यसमितीले पायो पूर्णता

Manoj Poudyal

नेपाल फेस्टिबल मेल्वर्नमा नै मैले मेरो मायालाई भेटेको हुँः कन्दरा गायक विवेक श्रेष्ठ

Manoj Poudyal