भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ६८ हजार ७ सय ०२ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ७६ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २४ लाख १६ हजार ७ सय ८५ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ४४ हजार १ सय ६० जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६ हजार ७ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४२ लाख ३४ हजार ३६ पुगेको छ ।