नेपाली सोसाइटी अफ तास्मानियाले सामाजिक सञ्जालमा एकअर्काप्रति सद्भाव कायम गर्न अपिल गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपाली सोसाइटी अफ तास्मानियाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा एकअर्काप्रति सद्भाव कायम गर्न अपिल गरेको हो ।
आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सामाजिक सञ्जालमा आफ्नो भावना वा विचार पोख्दै गर्दा तुष्टि प्राप्तिका लागि कुनै जातजाती, धर्म, वर्ग, लिंग एवं क्षेत्र विशेषप्रतिको विरोध, प्रहार एवं आक्षेप निन्दनीय छ। तसर्थ एक अर्काप्रतिको सम्मान र हार्दिकताले हाम्रो सामाजिक एकता एवं सद्भावलाई बलियो बनाउने कुरालाई हृदयङ्गम गरि आफ्ना बिचारहरु सभ्य रूपमा राखी आफ्नो र सिंगो नेपाली समाजको प्रतिष्ठा बढाउने कुरामा सदैव लाग्न सम्बन्धित सबैमा विनम्र अनुरोध गर्दछौँ।’
संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले संस्थाद्वारा आयोजना गरिएको दशैंकप फुटबल सम्पन्न गर्न सहयोग गर्नेलाई पनि आभार व्यक्त गर्दै तास्मानियामा बस्ने नेपालीहरुका साथै विश्वभर दशैं मनाउनेहरुलाई शुभकामना पनि दिएका छन् ।