eNepal

यो पनि हो है अस्ट्रेलीयाको बास्तबिकता!!!

कामको थकान अनि अँधेरी रातले जब नेटो काट्नै लागेको थियो अकस्मात मोबाईलमा टिरीङ् टिरीङको आवाज कानमा आएर ठोक्किन्छ।बिहान बिहान आएको फोन। अर्जेन्ट हुन सक्छ भनेर आँखा मिच्दै फोन उठाएँ। एक्कासी साथी हाई हेल्लो पनि नबनी आफै मात्र बर्बराउन थाल्यो।

ह्या के बिदेश बसिरहेको हौ। जिन्दगी भरि अरुको गुलाम् बनेर बित्ने भो है तेरो जिवन।आइज फर्कि घर। आखिरी के लछारपाटो लाईस हौ तैले बिदेश गएर। तै सँग गएको मोहनले नि के नै पो गर्यो र। खाली एउटा चिल्लो गाडी जोड्या छ। त्यही कहिले काँही फेसबुकमा देखाउँछ। साथी भनेर यसो कुरा गरौ न त भनेर फोन हान्यो। मरिकाट्य उठाउँदैन। खुब व्यस्त होला क्यारे डलर छाप्न। आखिरी के मरि लाने रहेछ र पैसा थुपारेर।
अस्ती दशैंमा कुरा भाको थियो। डाढ दुख्ने रोग पस्यो हौ पो भन्दै थियो। लौ हेर त यो उमेरमै थला परे पछि। के देख्छन् कुन्नी त्यो बिदेशमा।  यत्तिकैमा मेरो काममा जाने समय भयो। उसको कुरो एकहोरो सुन्दै आँखा मिच्दै बाथरुम जान्छु। आफ्नो अनुहार एैनामा हेर्छु। कुरो त साथीको पनि मनासिबै हो। मन मनै आफैले आफुलाई प्रस्न गर्छु। आखिरी के का लागि यो सब।

न भनेको बेला सुत्न पाउँनछु। न मन लागे जस्तो गर्न पाउनु छ। समयको रफ्तारसँगै खाली दौडीएको छ।दिन बितेको छ, हप्ता बितेको छ। जुरुक्क उठ्यो पानीले मुख भिजायो हतार हतार ट्रेन छुट्छ भनेर दौडीयो। अव यो गर्छु यस्तो गर्छु भनेर योजनाहरु बुन्यो।योजनाहरुले शिखर चुमी सक्छन् तर अँह योजनाहरु डेग चल्दैनन्। बोरु थोपरी रहन्छन्। न काम गरेको पैसा हातमा पर्छ।एउटा प्लास्टीकको पाप्रा (बैंक कार्ड) बोकिएको हुन्छ। खै कहिले आउँछ पैसा अनि कहिले कता जान्छ थाहा पत्तो पाईन्न। कहिले काँही हतारमा त्यही टिकट काट्नलाई घोट्न खोज्दा पनि डिक्लाईन भईदिन्छ।

चिसो सिरेटोले मज्जाले कानलाई हानेर होला निन्द्राले छोडी सकेको छ। म जस्ता हजारौ यात्रुहरु ट्रेनको प्रतिक्षामा छन्। थाहा छैन ती सबैको यात्रा गन्तव्य तिर उन्मुख छ या छैन। कोही कसैलाई कसैको मतलव छैन।कोही मोबाईलमा व्यस्त छन् त कोही किताव पढ्नमा, कोही मेकअप गर्नमा त कोही झुलेका छन्। बस् आफ्नो दुनियाँमा रमाएका छन्।

यत्तिकैमा मेरा कानमा एउटा आवाज ठोक्किन पुग्छ। मैले तलाई बिस्वास गर्दा न घरको न घाटको अवस्थामा पुर्याईस है मलाई। बाउ आमाको कुरो मानेको भएँ आज यो हालतमा त पुग्ने थिईन। त यत्ति सम्म निच निक्लेलास् भन्ने सोचेको थिईन। मसँग गरेको मायाँ त केवल केही दिनको कामबासना मेटाउने चौतारी पो रहेछ। मैले त्यति महङ्गो कलेजको फि तिर्न गार्हो हुन्छ भन्दा भन्दै खुव म छु नि। दिन रात नभनि काम गर्छु अनि तिरी हालिन्छ नि भन्थिस्। तर यो सब तेरो बिदेश आउने चाल रहेछ। मायाँको नाटक गरेर यो मरुभुमीमा यसरि छोड्ने तेरो मास्टर प्लान रहेछ। तर हेर तलाई म त्यसै पक्कै छोड्दीन।

एउटा अवलालाई यसरि अपरिचीत शहरमा मान्छेको कोलाहालमा एक्लै छोडेको छस्। त्यसै त म तलाई कहाँ छोड्छु होला र! म चुपचाप उसको कुरा मात्र सुन्छु। पछाडी फर्केर हेर्ने आँट मैले पनि गरिन। न ममा कुनै सामर्थ्यनै थियो उसलाई सान्तावना दिने। न उसले मेरो कुरानै सुन्ने पक्षमा थिई।

उ फेरी भन्दै थिई हेर यो देश महिला सशक्तिकरणमा अव्वल ठहरिएको देश हो। मैले चाहे भने तँलाई एक्छिनमा फसाएर जे पनि गर्न सक्छु। कुनै घमण्ड नगर्दा पनि हुन्छ। तलाई ईज्जतको डर छैन भने मलाई पनि ईज्जतको डर छैन। तर म त्यतिकै हारेर हिड्ने केटी हैन बुझिस्। ममा पनि आँट छ, खुबी छ अनि आफैमा भरोसा। एैरे गैरेहरुको सानो धोकाले डग्मगाउने म त्यस्तो कायर केटी पक्कै हैन। यस्तो कुरा सुन्दा भने मलाई कुन बिर गोक्खालीको छोरी रहेछ भनेर हेर्न मन लाग्यो।तर अफ्सोच उसको गन्तव्यहीन यात्राको गन्तव्य त्यहि सम्म रहेछ। फर्किदा त उ पहिलेनै झरि सकिछ।

कता कता मनमा प्रश्नका फोहोराहरु निस्के। आखिरी तनाब, तनाब तनाब बाहेक के नै पो नापियो र साथीलाई हेर्यो घरको मोर्गेज तनाब, दिदीलाई हेर्यो मोटाएर कोलेस्ट्रोल र सुगर हाई भएर ईन्सुलीन हान्दा हान्दा तनाब, उता भर्खर आएको भाईलाई हेर्यो काम नपाएर तनाब, उता बहिनीलाई हेर्यो डिपेन्डेन्टमा आएको केटाले धोका दिएर तनाब। सबैलाई तनाबनै मात्र। अनि एक्लै बर्बराए यहि तनाब बोक्न त आएका। आखिरी के नै पो पाईयो र!!!

लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349