आउँदो मङ्गलबारदेखि अष्ट्रेलियाली पासपोर्ट र भिषा भएकाहरूले अन्तराष्ट्रिय यात्राको लागि खोप लगाएको प्रमाण लिन पाउने भएका छन। अष्ट्रेलियालीहरुको लागि लगभग १८ महिनापछि अन्तर्राष्ट्रिय सीमाहरु खुल्दैछ।
अष्ट्रेलियाली र अष्ट्रेलियाली भिसा धारकहरुले मंगलबारदेखि MyGov एकाउण्टको माध्यमबाट अन्तर्राष्ट्रिय रुपमा कोविड १९ प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।
यो डिजिटल कार्डको रुपमा मोबाइलमा राख्न सकिने छ भने छाप्न सकिने गरि निकाल्न समेत मिल्नेछ। कोभिड -१९ ट्राभल एप जस्तै इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन ट्राभल पास संग मिल्दो उक्त कार्डबाट विदेश जान चाहाने अष्ट्रेलियालीहरुले क्युआर कोड स्क्यान गरेर आवतजावत गर्न सक्नेछन्।
क्युआर कोडलाई उच्च सुरक्षा सतर्कता अपनाइएको र यो प्रमाणपत्र विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरूप रहेको संघिय सरकारले जनाएको छ ।
अन्तर्राष्ट्रिय सिमाना सुरक्षा र सुरक्षित यात्राको लागि उक्त प्रमाणपत्र एक महत्वपूर्ण कदम रहने छ। नोभेम्बर १ बाट न्युसाउथवेल्सका बासिन्दाहरुले क्वारेन्टाइन मुक्त यात्रा सुरु गर्न पाउने छन्।