eNepal

फाइनलमा नेपाललाई पराजित गर्दै भारत बन्यो आठौं पटक साफ च्याम्पियनसिपको विजेता

हिजो राती भएको फाइनलमा नेपाललाई ३-० गोलको नतिजामा पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियनसिपको विजेता बनेको छ । शनिबार भएको १३औं संस्करणमा पहिलो पटक फाइनलमा पुगेको नेपालले पहिलो हाफमा भारतलाई गोल गर्नबाट रोकेको थियो ।

तर, दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले एक मिनेट नबित्दै दुई गोल खायो । ४९‍औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै ५०औं मिनेटमा सुरेश वाङ्जामले अर्को गोल थप्दै भारतको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफमा लगातार गोलका लागि आक्रमण गरेको भारतका लागि तेस्रो गोल सहाल समादले इन्जुरी समयमा गरेका थिए ।

पहिलो हाफमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि स्पष्ट मौका भने सिर्जन गर्सन सफल भएका थिएनन् । दोस्रो हाफमा भने भारतीय आक्रमणसामु नेपाल सम्हालिन नसक्दा उपाधि नजिक पुगेर पनि च्याम्पियन बन्न सकेन ।

समूह चरणका दुई खेलमा पहेँलो कार्डको सामना गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र फरवार्ड अञ्जन विष्ट भने स्ट्यान्डमा बसेर आजको खेल हेरेका थिए । नेपालमा आफ्नो सम्मान नभएका कारण रुष्ट देखिएका अब्दुल्लाहले आफ्नो नेतृत्वमा यो खेल नै अन्तिम हुने र नेपाल नफर्किने घोषणा गरिसकेका छन् ।

प्रतियोगिताको सदाबहार दाबेदार मानिए पनि अन्डर डग्स रहेको नेपाल १३औं संस्करणमा पहिलो पटक फाइनल पुगेको थियो । पहिलो पटक नेपालको प्रशिक्षकको रूपमा सार्वजनिक हुँदै अब्दुल्लाहले नेपाललाई फाइनल पुर्याउने आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए ।

उनले अन्तत: त्यो वाचा पूरा गरेर नेपाली टोलीको नेतृत्व छाड्ने निर्णय गरेका हुन् । अक्टोबर १ देखि सुरु भएको साफको पहिलो खेलमा माल्दिभ्सविरुद्ध १-० को सनसनीपूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको थियो ।

तेस्रो खेलमा भारतसँग १-० ले पराजित भए पनि अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपालले पहिलो पटक फाइनलमा पुगेको हो । नेपालले भारतलाई पछिल्लो ८ वर्षयता हराउन सकेको छैन ।

प्रतियोगिताको तयारी स्वरुप गत महिना नेपालमा खेलका दुई मैत्रीपूर्ण खेलमा नेपालले एक हार र एक बराबरीको नतिजा निकालेको थियो ।

भारतले भने आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । यसअघि भारत १९९३, ९७, ९९, २००५, २००९, २०११ र २०१५ मा साफ च्याम्पियन बनेको थियो ।

Related posts

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

Manoj Poudyal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

Manoj Poudyal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

Manoj Poudyal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

Manoj Poudyal

रोयल वेस्टर्न क्लब र Care AU द्वारा सि पि फुटबल खेलाडीहरुको स्वागत तथा सम्मान

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरिया द्वारा आवाज नामक संस्थालाई $६५०० आर्थीक सहयोग प्रदान

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349