भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७३ हजार ५ सय ०१ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २३ हजार ३ सय ७६ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २२ लाख ७३ हजार ४ सय ५९ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ४१ हजार २ सय ३२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३९ हजार ९ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४१ लाख ६४ हजार ७ सय ३७ पुगेको छ ।