भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १९९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७९ हजार २ सय १४ जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या २१ हजार ६ सय ४७ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड २१ लाख ९४ हजार २ सय ४५ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३९ हजार ५ सय ९४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४० हजार ३ सय ८६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४१ लाख २५ हजार ७ सय ३२ पुगेको छ ।