नेपाली हिन्दु समाज अष्ट्रेलियाले अष्ट्रेलियाका बिभीन्न राज्यमा बसोबास गर्ने नेपालीहरुका लागि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
मेल्बर्नको समय अनुसार शुक्रबार १५ अक्टोबरको दिन विजया दशमीको टिका लगाउने उत्तम साइत विहान १०: ३१ निर्धारण गरिएको छ भने सिड्नीमा साइत विहान १०: २५ निर्धारण गरिएको छ।
ब्रिसबेनमा विजया दशमीको टिका लगाउने शुभ साइत विहान १०: २९ निर्धारण गरिएको छ भने एडिलेडमा विहान १०: २६ निर्धारण गरिएको छ।
क्यानबेरामा विजया दशमीको टिका लगाउने शुभ साइत विहान १०: २७ निर्धारण गरिएको छ। तास्मानियामा विहान १०: ५१ निर्धारण गरिएको छ।
पर्थमा विजया दशमीको टिकी लगाउने शुभ साइत विहान १०: ०३ रहेको छ भने डार्बीनमा विहान १०: २७ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको हो। भारतको दिल्लीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।
न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।