भिक्टोरियामा पछिल्लो २४ घण्टाको अवधिमा थप १५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको निधन भएको भिक्टोरीया स्वास्थ्य बिभागले जनाएको छ।
सोहि अवधि भर ७९ हजार २ सय जनाको कोरोना परीक्षण गरिएको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ८ सय ६१ रहेको छ । स्वास्थ्य विभागका अनुसार १ करोड १९ लाख ५८ हजार ३ सय ४१ कोरोना परीक्षण गरिएको छ ।
त्यसैगरी हालसम्म ३५ हजार ३ सय ५१ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यससंगै खोप लगाउनेको कूल संख्या ४० लाख ८ हजार ६ सय ५३ पुगेको छ ।